Radio Audio Program

Find us on Facebook

Updates

सुत्नु अघि यी सात किसिमका खाना खानुहोस् अनिद्राबाट मुक्त हुनुहोस्

असार, काठमाडौं । व्यवहारिक कठिनाई, खानपानको तालमेल मिल्नु, दौडधुप, आदिले जिन्दगीमा तनाब हुनु र निद्रा नलाग्नु एउटा समस्या धेरै मानिसमा देखिन्छ । यदि तपाई यसबाट मुक्त हुन चाहनु हुन्छ भने त्यस बाट मुक्त रहन नि प्रकारका खाद्य वस्तुहरुको उपभोग गर्नुहोस् तपाईलाई मीठो निद्रा लाग्ने 
छ ।

१. मन तातो दुध– सुत्नेबेलामा मनताता दुध पिउनाले निद्रा नलाग्ने समस्या बाट मुक्त हुन सकिन्छ । किनकी दूधमा पाईने एमिनो एसिड ट्रिटोफेन,दिमागको रसायन सेरोटोनिन ले राम्रो भूमिका खेल्छ ।ट्रिप्टोफेन र सेरोटोनिन को मद्दतले रातमा आरामले निद्रा लाग्छ । दुधको सट्टा, दही, आँप चीज वा अन्य डेरी उत्पादीत चिजहरु खानाले मीठो निद्रा लाग्छ । 

२. चेरी –चेरीमा मेलाटोनिन रसायन पाईने भएकोले र यो शरीरको लागि आवश्यक पर्ने तत्व भएकोले यसको सेबनले राम्रो निद्रा लाग्छ । एक अनुसन्धान बाट प्रमाणित भैसकेको कुरा हो । चेरी नपाइएमा यसको जुस खानाले पनि मीठो निद्रा लाग्छ । 

३.केरा – सुत्नु केही समयअगाडी केरा खानाले केरामा पाइने म्याग्नीशियम र पोटाशियम तत्वबाट निद्रालाग्ने हुन्छ । केरामा भिटामीन बि र भी पाउन सकिन्छ । साथै यसमा पाइने कार्वोहाइड्रेटले पनि मीठो निद्रा लाग्छ । 

४.जसमीन चामल – अमेरिकन जनरलको क्लीनिकल न्यूट्रिशनमा प्रकाशित रिसर्चको अनुसार रातमा जसमिन चावल खानाले पनि निद्रा लाग्छ । अन्य चामलमा भन्दा यो चामलमा ग्लाइसेमिक इंडेक्स पाइन्छ । जसले ब्लड स्ट्रीममा ग्लुकोजको मात्र निकाल्छ र यसले  ट्रिप्टोफेन र सेरोटोनिन नामक रसायनको उत्पाद ब्लडमा बढ्न जान्छ जसले गर्दा मीठो निद्रा लाग्छ । 

५. हर्बल/ग्रीन टी–

यदी तपार्इंलाई निद्रा लाग्दैन र यसबाट पीडित हुनुहुन्छ भने राती सुत्ने समयमा अल्कोहल युक्त खानेकुराहरु नखानु राम्रो हुन्छ । त्यसको सट्टा बरु हर्बल टि पिउनुहोस यसले निद्रा पनि लाग्न सक्छ । आराम पनि हुन्छ । 

६.बदाम –बदाममा म्याग्नीशियम अत्यधिकमात्रामा पाइन्छ । अनुसन्धानबाट पत्तालागे अनुसार यसमा पाईने म्याग्नेशियमले निद्रा जगाउँछ अर्थात् मीठो निद्रा लाग्छ । जब शरीरमा म्याग्नेशियमको कमी हुन्छ निद्रा कम लाग्ने र चिडचिडापन बढ्छ । बदामखानाले ब्लडमा सुगरको लेवलको नियन्त्रण गर्छ र मीठो निद्रा लाग्छ । 

७. अण्डा– 

खानामा प्रोटिनको मात्रा कम हुनाले पनि निद्रा कम लाग्ने हुन्छ तसर्थ सुत्ने बेलामा हाफ ब्वाइल अण्डा खानाले पनि मीठो निद्रा लाग्छ । 

Post Comment

Radio Audio Live