Radio Audio Program

Find us on Facebook

Updates

के तपाईलाई पायल्स भएको छ ?

असार १५, काठमाडौं ।दिशा गर्दा गह«ो हुने । दिशामा रगत देखिने? दिशा गर्दा वा त्यत्तिकै पनि मलद्धार फुल्ने ? मलद्धारमा केराउको दाना जस्तो मासुको टुक्रा पलाएको छ । यस्ता लक्षण छन् भने तपाईंलाई पायल्स भएको वा हुन लागेको हुन सक्छ ?

कब्जियत अजीर्ण, अत्यधिक मदिरापान, पिरो,  अमिलो तारको मसलेदार खाना खानाले यो रोग लाग्ने सम्भावना हुन्छ । त्यसैगरी लामो समय बसिरहेर काम गर्नु, श्रम या व्यायाम नगर्नु, धुम्रपान गर्नु राती धेरैबेर जागा बस्नु, कलेजोको खराबी आदिले पनि यो रोग लाग्ने हुन्छ ।

यो रोगको लक्षणका रुपमा शुरुशुरुमा मलद्धारमा काँडाले घोचेजस्तो हुनु, चिलाउनु, फुल्नु रगत आउनु हुन् ।  रोग पुरानो हुँदै गएमा रगत गएर शरीर पहेंलो देखिन थाल्छ । कमजोरी महसुस हुन्छ । रिंगाटा लाग्छ खानामा अरुची हुन्छ । त्यस्तो अवस्थामा के के ध्यान पु¥याउनु पर्ला ल हेर्नुहोस् 

खान नहुने–

पिरो, चिल्लो तथा मसालेदार खानेकुरा, तातो, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो,चना भन्टा,आलु,  बोतलबन्द खानेकुरा, पुरानो अचार, चिया, कफी, चुरोट, रक्सी  ।

खान हुने – 

गहुँको चोकर सहितको रोटी, जौ, पुरानो चामल, रहर, मुगीको दाल, बेल, अनार, काँचो नरिवल, केरा, अमला, घिरौंला, परवर, गोलभेडा,  गाजर, पालुङ्गो,  मुला, मेवा, करेलाको रस,दहीको लस्सी, कम र हल्का खाना खाने । 

गर्न नहुने–

कठोर,  आसनमा धेरै बेर सम्म नबस्ने, दिशापिसाब नरोक्ने, राती अबेर सम्म नबस्ने, विहान अबेर सम्म नसुत्ने,साइकल नचलाउने,खाली पेट नबस्ने ।

गर्न हुने–

कब्जियत हुन नदिने, योग गर्ने, शौचालय गएपछि मलद्धारमा तोरी वा जैतुनको तेल  लगाउने । हरेक रोग खानपिनकै कारण लाग्ने भएकोले खानपिन रजीवनशैलीमा परिवर्तन गर्नु अनिवार्य हुन्छ । अन्यथा यसले विकराल रुप लिन सक्छ । यसका लागि स्वस्थ्य म र मेरो लागि हो अरुका लागि होइन भनेर चिकित्सकको सल्लाह बमोजीम सोही बमोजीम गर्ने । शल्यक्रिया पनि अन्तिम उपाय होइन ।  सन्चो हुन समय लागेपनि आत्तिनु हुँदैन ।  नयाँ पत्रिका दैनिक 

Post Comment

Radio Audio Live