Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हेर्दा हेर्दै ३० करोडको फ्लाटमा बस्ने भईन सोनम
असार १५, काठमाडौं ।बलिउड अभिनेत्री सोनम कपुर परिवारसँग छुट्टिएर अलग्गै बस्ने भएकी छिन् । त्यसका लागि उनले मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा डुप्लेक्स अपार्टमेन्ट ३० करोड भारतीय रुपैयाँमा किनिसकेकी छन् । अपार्टमेन्टको तेस्रो र चौथो तला किनेकी सोनम अहिले नयाँ निवासको सजावटमा लागेकी छिन् ।
छिट्टै नै पिता अनिल कपुरको घर छोडेर सोनम आफ्नै कमाइले किनेको सात हजार स्क्वायर फिटको अपार्टमेन्टमा सर्दै छिन् । उनको अपार्टमेन्टमा मिनी थिएटरसमेत छ, जहाँ उनले आफ्नो फिल्मको स्क्रिनिङ राख्न सक्छिन् ।
करिब एक महिना अघि नै छिनोफानो गरिसकेको हुनाले अहिले आफ्नी सानिमा कविता सिंहका साथ डेकोरेशनमा व्यस्त छिन् । सोनमको अपार्टमेन्ट रहेको बिल्डिङमा भारतका चर्चित उद्योगी गौतम हगानी, विक्रम मण्डित, किशोल लुल्ला, प्रमित झावेरी लगायत पनि बस्दै आएका छन् ।
केही समय पहिले आलिया भट्टले पनि आप्mनो बाबु महेश भट्टको घर छोडेर आप्mनै प्mल्याटमा सर्ने कुरा भारतीय सञ्चार माध्यमले बताएको थियो । पछिल्लो समय बलिउड नायीकाहरूमा यो ट्रेन बढ्दो देखिन्छ । यो बाध्यता हो या रहर उनिहरुको व्यक्तिगत कुरा हो । नयाँपत्रिका दैनिक





Post Comment