Radio Audio Program

Find us on Facebook

Updates

विश्व च्याम्पियन भईन् नेपालकी छोरी

असार १४, काठमाडौं ।फ्रान्समा शुक्रबार सम्पन्न मोन्ट ब्लंक म्याराथन नेपाली चेली मिरा राईले जितेकी छिन् । उनले १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा ८० किलोमिटर लामो दुरी पार गरी उक्त विश्वस्तरको अल्ट्रा म्याराथन प्रथम स्थान हासिल गरेकी हुन् । 

शुक्रबार भएको प्रतियोगितामा स्पेनकी अन्ना कोमेट पास्कुवाले १२ घन्टा ५४ मिनेट ५५ सेकेन्ड र अमेरिकाकी खेलाडी हिलारी एलेनले १३ घन्टा ११ मिनेट ४० सेकेन्डमा पार गरी क्रमश दोस्रो र तेस्रो  स्थान प्राप्त गरे । 

यसअघि राईले २०१५ फेब्रुअरी ७ मा हङकङमा भएको ५० किलोमिटर एसियन च्याम्पियन अल्ट्रा म्याराथन प्रतियोगिता र २०१४ अक्टुबर २६ मा इटालीमा भएको ५० किलोमिटर अल्ट्रा म्याराथन प्रतियोगितामा पनि प्रथम स्थान नै हासिल गरेकी थिइन् । नयाँपत्रिका दैनिक

Post Comment

Radio Audio Live