Radio Audio Program

Find us on Facebook

Updates

लौ आयो है आयो विद्युतीय गर्भ निरोधक यन्त्र आयो

असार, काठमाडौ । अमेरिकाको वैज्ञानिकहरुले विद्युतीय गर्भनिरोधक यन्त्रको विकास गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो यन्त्र रिमोट कन्ट्रोलका माध्यमबाट संचालन हुन्छ ।

महिलाका लागि बनाइएको यो यन्त्र छालाको भित्री भागमा जडान गरिने जनाइएको छ । सानो आकारको यो यन्त्र एक पटक जडान गरिसकेपछि यसले १६ वर्षसम्म काम गर्दछ । आवश्यक परेको खण्डमा रिमोटकै माध्यमबाट यसलाई बन्द गर्न समेत सकिने जनाइएको छ ।

यो योजनालाई माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सहयोग गरेका छन् । अमेरिकामा आगामी वर्ष यसलाई प्रि–क्लिनकल परीक्षण गरेपछि सन् २०१८ सम्ममा बजारमा ल्याउने योजना बनाइएको वैज्ञानिकहरुले जनाएका छन् ।

शरीरमा राखिने अन्य गर्भनिरोधक साधनको तुलनामा यो कम झन्झटिलो रहेको वैज्ञानिकहरुको दाबी छ । एक पटक जडान गरिसकेपछि १६ वर्षसम्म प्रयोगकर्ताले जुनसूकै बेला आफूलाई नचाहेको अवस्थामा यसलाई रिमोट कन्ट्रोलका माध्यमबाट ‘अफ’ गर्न मिल्ने र बच्चा जन्माउन सकिने जनाइएको छ । 

वैज्ञानिहरु हाल यो यन्त्र जडान गरिने महिलाले थाहा नपाउने गरी कसैले यसको रिमोटबाट यन्त्रलाई बन्द गर्न नसकोस् भन्नेबारे अनुसन्धान गरिरहेका छन् । यसले यसको विश्वसनीयता र सुरक्षामा समेत थप टेवा पुग्ने उनीहरुको विश्वास रहेको छ । 

Post Comment

Radio Audio Live