Radio Audio Program

Find us on Facebook

Updates

‘सुल्तान’ को यात्रा पञ्जाबबाट शुरु

असार, काठमाडौं । निर्देशक अलि अब्बास जफरले सुपरस्टार सलमान खानको मूख्य भूमिका रहेको आगामी फिल्म ‘सुल्तान’को लागि पञ्जाब जाँँदै छन् । जफरले यो खबर ट्वीटरमार्फत व्यक्त गरेका हुन । फिल्मको कथा उनैले लेखेका हुन । 

जफरले ट्वीटरमा लेखेका छन् बिस्मिल्लाह मनकपुर शाह दरगाहमा पञ्जाब ‘सुल्तान’को सफर शुरु ‘सुल्तान’लाई यसराज फिल्मको व्यानरमा आदित्य चोपडाले बनाइरहेका छन् । फिल्म एक कुश्तिबाजको जीवनमा आधारित रहको बताईएको छ ।

यसमा सलमान खान कुश्तिबाजको अवतारमा देखिने छन् । सलमानको जोडीको अझै घोषणा भएको छैन । 
‘सुल्तान’को सुटिङ नोभेम्बरमा शुरु हुनेछ । यसको रिलिजको दिन पनि घोषणा भइसकेको छ । सम्भवत यो २०१६ मा रिलिज हुनेछ ।

सलमानको प्रशंसकलाई हाल उनको नयाँ फिल्म ‘बजरंग भाइजान’को रिलिजको पर्खाइमा छन् । यो फिल्म १८ जुलाईमा रिलिज हुने सम्भावना छ ।  

Post Comment

Radio Audio Live