Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सेलिब्रेटीसँग फोटो खिच्ने रहर शिल्पा हैरान
असार, काठमाडौं ।मोबाइलबाट सेल्फी खिच्ने चलन बढेपछि सेलिब्रेटीसँगे खुसुक्क सेलिब्रेटीको छेउमा पुगेर सेल्फी खिच्दै सामाजिक सञ्जालमा अपलोड गर्नेहरु बढेका छन् ।अहिले त फेसनै जस्तो भईसक्यो यो चलन । यसले गर्दा धेरै सेलिब्रेटी हैरान छन् । केहि दिन यता यस्तै चलनको शिकार बनेकी छिन बलिउड अभिनेत्री शिल्पा सेट्टी ।
प्रशंसकले सेल्फी खिचेकै कारण हैरान भएर आफ्ना सोख पनि त्याग्न बाध्य भएकी छन् ।आमनागरिक जस्तै सपिङलाई सोख मान्ने बलिउड नायीका हुन् शिल्पा । बजारमा गएर रोजी छानी सामान किन्न उनलाई रमाइलो लाग्छ । तर सेल्फी खिचेर हैरान बनाएपछि उनी सपिङ जान छोडेकी छन् ।
’मलाई सपिङको धेरै सोख छ तर अचेल बजारतिर निस्कन्नँ, अनलाइनबाटै सपिङ गर्न थालेकी छु’, उनी भन्छिन् ’खराब मौसम र ट्राफिक जामसँग त्यसमाथि प्रशंसकले सेल्फी खिचेरै हैरान पार्छन् के गरुँ ।आफूलाई आवश्यक लुगा, गहना, जुत्ता, सौन्दर्य सामग्रीमात्र होइन दीपावलीमा बाल्ने दियोसमेत अनलाइन सपिङमार्फत किनेको उनले बताएकी छन् ।
’जब म बजार जान्छु, सेल्फी खिच्नेको भीड हुन्छ, मानिसहरू बिर्सन्छन् कि हामी पनि मान्छे हौं’, ’हाम्रो पनि निजी जीवन हुन्छ र आफ्ना लागि पनि समय छुट्याउनुपर्छ । सेल्फीले गर्दा हाम्रो गोपनीयतामा पनि असर पर्छ काममा पनि ।’ कति गरेर समय निकालेर बजार निस्क्यो तर प्रसंशककै कारण अप्ठेरोमा परिने भो । समय प्रसस्तै भएत रमाईलो पनि हुन्थ्यो तर के गर्नु ।
’बाजिगर’, ’तु अनाडी मै खिलाडी’, ’धड्कन’जस्ता चलचित्रमा अभिनय गरेर ९० को दशकमा लोकप्रिय बनेकी ४० वर्षीया शिल्पा हिजोआज भने चलचित्रमा कमै देखिएककि छन् । सायद उमेरको प्रभाव र नयाँ कलाकारको दबाबले पनि हो कि ?





Post Comment