Radio Audio Program

Find us on Facebook

Updates

जोडीयो भूकम्प आउँदै भनेर थाहा दिने यन्त्र

असार, काठमाडौ । चिनियाँ विशेषज्ञसहितको टोली र नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले धादिङको नौबीसे स्थित रेडियो राजमार्गको कार्यालयमा भूकम्प बारे २२ सेकेन्डअघि नै थाहा दिने प्रविधि सहितको यन्त्र जडान गरेको छ ।


यस्ता प्रविधिलाई सबै नागरिकसम्म पु¥याउन एफएम रेडियोका साथै मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने नास्टका प्रमुख सहितको टोलीकोे भनाई थियो ।

मित्र राष्ट्र चिनको सहयोगमा ८० वटा सेन्सर जडानको काम सुरु भइसकेको छ । देशभर ३२० वटा सेन्सर आवश्यक छ’, उनले भने, ‘२४० वटा सेन्सर नास्टले नै किनेर जडान गर्छौं ।’

नास्टले जनाए अनुसार यो यन्त्र जडान गरी भूकम्पको पूर्वसूचना प्रसारण गर्न सकेमा मानवीय क्षति कम गराउन सहयोग पुग्ने भएकाले रेडियोमा जडान गरिएको हो ।

भकम्प बढी जाने देश जापान र मेक्सिको जस्ता देशले ७ सेकेन्डदेखि १ मिनेट अगाडि नै ‘अर्ली वार्निङ सिस्टम’ सञ्चालनमा ल्याएका छन् । 

Post Comment

Radio Audio Live