Radio Audio Program

Find us on Facebook

Updates

ट्विटरमा मजाक बने करन जोहर ।

असार काठमाण्डौ
 

काठमाण्डौ, अमेरिकामा समलिङ्गीहरुलाई बिबाह गर्ने मान्यता मिलेपछि यौनसँग सम्बन्धित कुराहरुलाई लिएर बलिउड निर्देशक करण जौहरले सामाजिक सञ्जालमा नानाथरी कुराहरुको सामना गर्नु परेको छ । ट्वीटरमा गाली गरेकोले करण जौहर पनि निकै रिसाएका थिए । माईक्रो ब्लगिङ्ग साईट ट्वीटरमा एक ब्यक्तिले करण जोहरको यौन रुचिको मजाक उडाए, आफ्नो पोस्टमा लेखे, हल्ला छ की करण जोहर छिट्टै नै अमेरिकामा बिबाह गर्न लागेका छन् ।

 

यस ट्वीटको कारण करण जोहरलाई रिस पनि उठ्यो र एकदम दुःखी पनि भए । उहि प्रयोगकर्ताको ट्वीटसँग सम्बन्धित लिङ्कको रिट्वीट गरेर करणले पोस्ट गरे, एउटा आन्दोलनको ठुलो सफलताको केही ट्वीटर उपयोगकर्ताले मजाक बनाईरहेका छन् । यो एकदम दुःखद र घृणित काम होे । ट्वीटर प्रयोगकर्ताको यो ट्वीट अमेरिकाको सर्वोच्च न्यायालयद्धारा  समलिङ्गी बिबाहलाई कानुनी मान्यता दिन लागेको फैसला पछि आएको हो । 

Post Comment

Radio Audio Live