Radio Audio Program

Find us on Facebook

Updates

प्रियंकालाई १८ बर्षमै कसले बनाएको थियो मिस वल्र्ड ?

मंसीर, काठमाण्डौ
आज भन्दा १५ बर्ष पहिले सन् २००० नोभेम्बर ३० मा प्रियंका चोपडाले मिस वल्र्डको ताज पहिरिएकी थिईन् । 
  प्रियं्रका भारतको तर्फबाट पाँचौ मिस वल्र्ड थिईन् । मिस वल्र्ड विजेता भएपछि उनले सन् २००३ मा सिनेमा द हिरो बाट बलिउड प्रवेश गरेकी थिईन् ।

प्रियंकाको जन्म सन् १९८२ मा भारतको झारखण्डमा भएको थियो । तर उनको बाल्यकाल भने उत्तर प्रदेशको बरेलीमा बितेको थियो । यहि कारण प्रियंका बरेलीलाई आफ्नो घर ठान्छिन् । प्रियंका मिस वल्र्ड भएपछि  बरेलीलाई प्रियंकावाला बरेली भनिन्थ्यो ।

आमाले बनाईन् मिस इण्डिया
प्रियंकाकी आमाले उनका केहि तस्वीरहरु मिस इण्डियाको लागि पठाइ दिएकी थिईन् । जसमार्फत प्रियंका छानिएकी हुन् । यो कुरा प्रियंकाको लागि अपत्यारीलो थियो । अध्ययनबाट समय निकालेर उनले यस प्रतियोगितामा भाग लिएकी थिईन् । मिस ईन्डीयाको ताज पहिरिईसकेपछी मिस वल्र्डको लागी पनि उनले मौका पाईन्  । उनले  मिस वल्र्डको शिर्षक जितीन् पनि । इण्डियाबाट मिस वल्र्ड जित्ने प्रियंका पाचाँै महिला थिईन् । सन् २००९ मा उनलाई मिस वल्र्डमा निर्णायक बन्ने अवसर पनि मिलेको थियो ।

                                        आमासँग प्रियंका ।
 तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live