Radio Audio Program

Find us on Facebook

Updates

एड्स र यौन शिक्षाका बारेमा के भन्छिन् ऐश्वर्या ?

मंसीर, काठमाण्डौ ।
एड्स डे डिसेम्बर १ को अवसर पारेर हिजो अभिनेत्री ऐश्वर्या रायले यौन शिक्षाका बारेमा बालबालिकाहरुलाई जानकारी हुनु आवश्यक भएको बताएकी छिन् ।  एड्स उन्मुलनको लागि  यु एन की एम्बेस्डर बनेकी ऐश्वर्याले भनेकी छिन्, स्कुलमा यौन शिक्षाको बारेमा पढाई हुनु आवश्यक छ । जसले बालबालिकालाई सानै देखि सचेत गराउन सहयोग गर्छ । 

शहरी ईलाकामा पनि केहि स्कुलमा यौन शिक्षाका बारेमा पढाई हुने भएपनि यतिले मात्रै नपुग्ने उनको भनाई छ । शहरमा मात्रै नभएर गाउँ गाउँसम्म यौन शिक्षाबारे जानकारी गराउनुपर्ने ऐश्वर्याले बताईन् । उनले यु एनको एम्बेसडर भएर गरेका काममा सन्तुष्टी भएको बताएकी छिन् ।  साथै एड्सको जागरुकताका लागि गरेका कामबाट उनी निकै खुसी पनि छिन् । यु एनको एम्बेसडर भएर संसारका धेरै महिलाहरुलाई चिन्ने मौका पाएकाले ऐश्वर्या खुसी भएकी छिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live