Radio Audio Program

Find us on Facebook

Updates

​रणबीरका लागि प्रियंका खिचडी र दिपीका बिर्यानी ।

मंसीर १३, काठमाण्डौँ ।
बलिउड अभिनेता रणबीर सिंह मिडियासामु खासै कुरा नलुकाउने अभिनेता भनेर चिनिन्छन् । यो कुरा उनले आफ्नी प्रेमीका दिपीका पादुकोणसँगको सम्बन्धलाई लिएर गरेको खुलासा जस्ता समाचारले प्रष्ट गरिसकेको छ । बलिउडका यी सुन्दर अभिनेता, मिडियाकर्मीले गर्ने जुनकुनै प्रश्नको पनि खुलेर जवाफ दिन्छन् । बजराओ मस्तानीमा बलिउडका नामुद अभिनेत्रीहरु दीपीका पादुकोण र प्रियंका चोपडासँग रोमान्स गरेका अभिनेता रणबीर सिंहले प्रियंका खिचडी र दीपीकालाई बिर्यानीको उपमा दिएका छन् । यो खबरले बलिउड तातेको थियो ।

चलचित्रमा दुई अभिनेत्रीसँगको रोमान्सबारेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।  यस्तै, उनी आफ्ना सहकर्मीको प्रशंसा गर्न पनि चुक्दैनन् ।  रणबीर सिंहका लागि रानी मुखर्जी एक जर्बजस्त अभिनेत्री हुन् । बजराओ मस्तानीमा सँगै काम गरेका उनले, रानी स्क्रिनमा कार्यकौशल देखाउन पोख्त रहेको उनको प्रतिक्रिया मिडियामा आएको थियो ।

उनले हालै एक म्यागजिनसँगको अन्र्तबार्ताका क्रममा अर्को रमाईलो कुराको खुलासा गरेका छन् । उनले, आफ्नो जन्मदिनमा गरिने यौनसम्पर्क नै आफ्ना लागि सबैभन्दा ठूलो उपहार भएको खुलासा गरेका हुन् । मिलेको शरीर र अभिनय कौशलका कारण बलिउड उद्योगमा उम्दा नायकका रुपमा ठहरिएका रणबीर रमाईला छन् ।  रणबीर, मिडियाकर्मीले गर्ने प्रश्नमा बडो रमाईलो उत्तर पनि दिन्छन् । तर, उनका केही अभिब्यक्तिका कारण कतिपय कलाकारले भने चित्त दुखाएको पनि पाईएको छ ।

उनले यस्तै एक अभिव्यक्ति दिएर करीना कपुर खानको चित्त दुखाएका छन् । चलचित्र रामलिलामा अभिनय गर्न अस्विकार गरेको प्रसंगमा रणबीरले करीनामाथि ब्यंग्य गरेका थिए । करीनाले अस्विकार गरेको रामलीला बलिउड ब्लकबस्टर बनेको थियो । रणबीरका यस्ता केही अभिब्यक्तिहरु बलिउडमा बिवादित पनि बन्ने गरेका छन् ।
एजेन्सी

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live