Radio Audio Program

Find us on Facebook

Updates

​टाउको दुखाईको ७ घरेलु उपचार ।

मंसिर, काठमाण्डौँ ।
हुन त शरीरमा विभिन्न कुराको कमी, माइग्रेन, रुघा खोकी, पिनास आदिको कारणले पनि टाउको दुखेर मानिसहरु अत्तालिएको देखिन्छ । त्यस्तो अबसरमा नजिक स्वास्थ्य चौकी एवम् हस्पिटल नहुँदा यसको पीडाबाट बच्न अथवा दुखाईबाट आराम पाउनका लागि घरमै बसी बसी गर्न सकिने केही उपायहरु छन् । जानीराखौं ति उपायहरू जसले तपाईलाई दुखाईबाट आराम मिल्छ ।

१.आँखीभौंको भागलाई चोर, बुढी र माझी औंलाको सहायताले करीब १–२ मिनेट जति मालिस गर्नाले ।
२.दुई आँखी भौंको बीचको (शिवजीको तेस्रो आँखा भनेर देखाइने) भागमा १ देखि डेढ मिनेट मालिस गर्नाले ।
३.नाकेडाँडीको अन्तीम भाग र आँखी भौंको अन्तिम भाग दुबै तर्फ मालिस गर्नाले ।
४.नाकको फोराको दायाँ बायाँ दुबै तर्फ मालिस गर्नाले ।
५.गर्दनको बीच भागमा हल्का मालिस गर्नाले ।
६.हातको चोर औंला र बुढी औलाको फेदको फराकिलो भागमा अर्को हातको बुढी औंलाले मालिस गर्नाले ।
७.खुट्टाको बुढी औला र चोर औँलाको बीच भागमा हातको बुढी औंलाले मासिल गर्नाले ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live