Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अचम्ममा पार्ने १८ वटा वल्र्ड रेकर्ड ।
बेलायत बस्ने रास म्याक्विर्टर चर्चित टिभि उद्घोषक थिए । उनले आफ्ना साथिहरुसँग मिलेर १९५५ गिनिज बुक प्रकाशित गरेका हुन् । संसारभरका आश्चर्य लाग्दा घटना एवं अन्य कुराहरुको जानकारी थाहा संकलनका लागि गिनिज बुकको सुरुवात गरिएको थियो । अहिले गिनेज बुक स्थापनाको ६२ औं वर्षमा पुगेको छ ।
अमेरिकाको एक पुस्तकालयबाट सबैभन्दा बढी चोरी भएको किताबमा पनि गिनिज बुक नै परेको भन्ने गरिन्छ । त्यसो त यस किताब विश्वभर लोकप्रीय छ । अचम्म लाग्दा घटनाहरु अधिकाँस यहि किताबमा उल्लेख हुने गरेकाले पनि यो किताब चर्चामा रहने गर्छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका १८ आश्चार्यलाग्दा कुराहरु यस्ता छन् ।
|
१. संसारका सबैभन्दा अग्लो व्यक्ति : टर्कीका सुल्तान कोसेन ८ फिट ३ इन्च अग्ला छन् । उनले सन २०११ फेव्ररीमा संसारकै अग्लो व्यक्तिका रुपमा गिनिज बुकमा नाम दर्ता गराएका थिए । उनी ३२ वर्षका थिए ।
|
|
२.सबैभन्दा होचो व्यक्ति र लामो खुट्टा भएकी महिला : २ फिट ३ इन्च का चीनका नागरिक पिङपिङलाई गिनेजबुक अफ वल्र्ड रेकर्डमा मा सबैभन्दा होचो व्यक्तिको रुपमा समावेश गरीएको छ । त्यसै गरी सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा रुसकी महिला स्वेल्टेना पैंक्रातोवा थिइन् । उनको खुट्टाको लम्बाई ५१ इन्चको थियो र उनको उमेर ४४ वर्ष थियो ।
|
|
३.सबैभन्दा धेरै स्याउ फोर्ने : एक अमेरिकी महिलाले पाखुरा र नाडी (अर्थात कुहिनाको अगाडिको भाग)ले चेपेर एक मिनेटमा १० वटा स्याउ फोेरेकी थिईन् । लिन्सी लिंडवर्गले इटलीमा यो रेकर्ड ३ जुलाई २०१४ मा बनाएकी थिइन् । ३५ वर्षकी महिला अमेरीकाको टेक्सासमा बस्छिन् । यसभन्दा पहिले यिनै महिलाले सन २०१३ मा मुखमा सबैभन्दा धेरै टेनिसबल राखेको रकर्ड बनाएकी थिइन् ।
|
|
४.आँगी : एकै पटकमा पाँच टेनिस बललाई आफ्नो मुखमा राखेको विश्व रेकर्ड बनाएको यो कुुकुरको नाम हो । यो अमेरिकाको टेक्सासमा एक परिवारका साथ बस्छ । सन् २००३ मा यस कुकुरको नाम गिनेज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो । एक दशक भन्दा धेरै समय बित्दासम्म यो रेकर्ड अझै कसैले तोड्न सकेको छैन । यो जातको कुकुर आफ्नो मुखमा अण्डा पनि राख्न सक्छ । त्यसलाई फूट्न दिँदैन ।
|
|
५.हातमा हतकडी र खुट्टामा जन्जिर बाँधेर स्वीमिङ : हातमा हतकडी र खुट्टामा जन्जिर बाँधेर स्वीमिङ २५ मिटर स्वीमिङ गरेर जर्जियाको २० वर्षिया एना लोमिनेजले कीर्तिमान राखेकी थिईन । उनले भनेकी थिइनकी यो चुनौतीपूर्ण कार्य उनका गाउँबासीहरुलाई गरेर देखाउने छु । त्यस कुरामा उनी सफल भईन ।
|
|
६.खुट्टाले तीर हान्ने : क्यालिफोर्नियामा बस्ने २९ वर्षकी नेन्सी सिएÏकरको नाम पनि जिनेज बुकमा समावेश भएको छ । नेन्सीले २० फिटको दुरीमा आÏनो खुट्टाले तीर हानेर वल्र्ड रेकर्ड बनाईन् । त्यो दुरी भनेको उनलाई दिइएको लक्ष्य भन्दा ५.५ इन्च बढी थियो ।
|
|
६.सबैभन्दा धेरै टाटु : न्यूजिलेण्डको अकलेण्डमा बस्ने लि वियर एक कार्टुनिष्टका फ्यान थिए । उनका कार्टुनबाट प्रभावित भएर उनले तिनै कार्टुन जस्तै ४१ कार्टुन आफ्नो शरीरका मुख्य भागहरुमा बनाए । गिनेजबुक अफ वल्र्डमा नाम समावेश गर्न सफल भए । अझै पनि उनका शरीरका कयौं भाग पाखुरा, साँप्रा एवं पिँडौलामा टाटुहरु देखिन्छन् ।
|
|
७. कुकुरले चलायो साइकल : ३ वर्षको एक फ्रेन्चशिप प्रजातिको कुकुरले साइकल चलाएर गिनेज बुक अफ वल्र्र्ड बुकमा नाम समावेश गरायो । यो कुकुरले ३० सेकेण्डमा ९८ फिट सम्म साइकल चलाएको थियो ।
|
|
८. कोकको क्यान बोक्ने कुकुर : इलिनायको एलेक्स रोथकरका एक अष्ट्रिेलियन शेफर्ड वार्डर कूली नामको कुकुरले आफ्नो टाउकोमा कोकको क्यानलाई २.५५ मिनेट सम्म सन्तुलनमा राखेर रेकर्ड बनाएको थियो । त्यसले उक्त समयमा १०० मीटरको दुरी पार गरेको थियो । अझै पनि यो रेकर्ड कसैले तोडन सकेको छैन ।
|
|
९.सबैभन्दा लामो गल्फ स्टिक : ४९ वर्षिय कस्र्टन मासले सबैभन्दा लामो गल्फ स्टिक बनाए जस्को लम्बाई १४ फिट ५ इन्च लम्बाईको छ । यसले बललाई करिब १६५ फिटको दूरी सम्म पुर्याउन सक्छ ।
|
|
१०.६ फिट साढे सात इन्चका घोडा : बेल्जियमा रहेको यस घोडाको नाम रडार हो । यसको लम्बाई ६ फिट ७ इञ्चको छ । यसैको कारण २००४ मा यसले गिनेज रेकर्डमा आफ्नो नाम समावेश गरेको थियो ।
|
|
११.प्लाष्टिक खानाको सबैभन्दा ठूलो संग्रह गर्ने महिला : अकि ओटावा नामकी महिला जसले आफ्नो अपार्ट मेण्टमा ८ हजार प्रकारका प्लाष्टिकका फुड राखेकी छन् ।
|
|
१२.पगी (सबैभन्दा लामो जिब्रो) : पगी नामको कुकुर हेर्दा अरु जातका जस्तै सामान्य देखिन्छ । यो सानो प्रजातीको कुकुर हो । तर लामो जिब्रो भएको कारण चर्चित हुन पुगेको छ । ४.५ इन्च लामो जिब्रो भएको कारण यसले गिनेज बुकमा नाम समावेश गर्ने मौका पाएको छ । यो एक अमरिकी नागरिक बेक्के स्टेनफोर्डका साथ रहेकोछ । लामो जिब्रो भएको कारण यसलाई खानेकुरा खान अप्ठेरो हुने बताईएको छ । यसले साना साना टुक्राहरुमात्र खान सक्छ ।
|
|
१३.हरक्यूलस(सबैभन्दा ठूलो विरालो) : हरक्यूलस नामको लाइगर विश्वको सबभन्दा ठूलो विरालो हो । (१० फिट लामो र ९२२ पाउण्ड लगभग) यसको वजन ४१८ किलो छ । यो अहिले मियामीको जंगल आइल्याण्डमा छ । यो आफ्नो बाउ–आमा भन्दा पनि लामो देखिन्छ । यसको जन्म भाले सिंह र पोथी बागको सम्पर्कबाट भएको हो ।
|
|
१४. जीउस(सबभन्दा अग्लो कुकुर) : मिलि विश्वको सबैभन्दा होचो कुकुर हो भने जीउस सबैभन्दा अग्लो कुकुर हो । सन २०१२मा ३ फिट ८.६ इन्च लामो यस कुकुर गिनीज बुकमा समावेश भएको थियो । यसको वजन करिब ६८ किलो थियो । हालसालै यसको मृत्यु भएको खबर छ ।
|
|
१५. मिलि सबैभन्दा होचो कुकुर : सन २०११ मा जन्मेको मिली नामको यो कुकुरको उचाई ३.८ इन्च छ । सन २०१३ मा यो गिनेजबुकमा समावेश भएको थियो । मिलीका मालिक भन्छन् यसलाई निकै ध्यानपूर्वक हेरचाह गर्नुपर्छ किनकी यो सानो छ र जहाँसुकै जतिबेला पनि हराउन सक्छ । यसलाई देख्ने वित्तिकै मानिस अचम्भित हुन्छन् । यो अहिले अर्जेन्टिनामा छ ।
|
|
१६. चार हात खुट्टाले हिँड्ने मानिस : आफ्ना हातलाई पनि खुट्टालाई झैं प्रयोग गरी सबैभन्दा छिटो हिँड्न सक्ने एक जापानी नागरीक केनिची इटोले गिनेज बुकमा नाम समावेश गर्न सफल भएका छन् ।उनले १७.४७ सेकेण्डमा १०० मिटरको दुरी पार गर्न सफल भएका थिए ।
|
|
१७. सबैभन्दा ठूलो रोटी : सन २०१२ को सेप्टेमबर २२ मा भारतको गुजरात प्रान्तको जामनगरमा दगदु सेठले १० गुना १० को मेटल प्लेटमा १४५ के.जी.को रोटी तयार गरिएको थियो ।
|
|
१८.सबैभन्दा ठूलो विरयानी : सन् २००८ मार्च १ मा दिल्लीमा कोहीनुर फुड लिमिटेडले १२००० हजार के.जी. चामल र साग सब्जीबाट सबैभन्दा ठूलो विरयानी तयार गरेको थियो । यसलाई ६० जनाको सहयोगले तयार गरिएको थियो ।
|
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment