Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पारिवारिक सम्बन्ध बिग्रीएका बलिउड सेलिब्रेटी ।
मङसीर १५, काठमाण्डौ
सन् २००८मा फिल्म ‘जाने तु या जाने ना’ देखि फिल्मी करियर शुरु गरेका थिए अभिनेता प्रतिक बब्बरले ।। यसमा उनि जेनेलिया डिसूजाको भाईको भूमिकामा देखिएका थिए । फिल्म बक्स अफिसमा सर्वोत्कृष्ट भयो । प्रतिकले हालसम्म धोविघाट ‘दममारो दम’, ‘आरक्षण’, ‘एक दिवाना था’ र ‘इश्क’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
प्रतिक सन् २०११ मा फिल्म ‘एक दिवाना था’ को क्रममा नायीका एमी जैक्सनसँग नजीक भए । प्रतिकले एमीको नाममा टाटु पनि बनाएका थिए । तर पछि यी दुवै बिचको सम्बन्ध टुट्न पुग्यो ।
पितासँग टाढा भए रहेन सम्बन्ध नजिक
प्रतिकको सम्बन्ध पिता राज बब्बरसँग कहिलयै पनि राम्रो भएन । प्रतिकलाई जन्म दिएको केहि घण्टामै उनकी आमा स्मीता पटेलको मृत्यु भएको थियो । प्रतिकको पालपोषण उनकी हजुरआमाले गरेकी थिईन् । एक अन्तर्वार्ताको क्रममा उनले बताएका थिए बचपनमा उनका बारेमा पीता राज बब्बरले कहिल्यै वास्ता नै गरेनन् र जान्ने कोशिश पनि गरेनन् । सधैं आप्mनो अर्को परिवारसँग बसे । त्यसपछि प्रतिकले आप्mनो सर नेम बब्बर छोड्ने फैसला गरे कारण सबलाई यो कुरा थाहा होस् कि उनको र राज बब्बरको वीच केही सम्बन्ध छैन ।
प्रतिक बलिउडमा एक यस्ता अभिनेता हुन जो आफ्नै कारण स्थापित कलाकार हुन् । तर परिवारका कारण बनेका होइनन् ।
उनको अलावा बलिउडमा अरु पनि कलाकारहरु छन् जुन कुनै न कुनै कारणले परिवारसँग टाढा छन् । हेरौ प्रतिकको जन्म दिनका अबसरमा यस्ता अन्य कलाकारहरूको नाम र तिनीको अवस्थाको बारेमा बारेमा जानकारी
अमिताभ बच्चन र अजिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको पनि आप्mनो भाई अजिताभ बच्चनका साथ सम्बन्ध सामान्य सामान्य पनि छैन । अजिताभ बच्चन आफ्नो परिवारको एक बायोग्राफी लेख्ने वाला थिए तर अमिताभले यो कुरा भनिदिए की म चाहन्न कि मेरो जीवनको कथा कुनै किताबमा छापियोस् । सायद अमिताभ चाहान्थे कि उनको जीन्दगीको राज सार्वजनिक नहोस् ।
अभिभावकको विरोधमा रहीन अमिषा पटेल
‘कहो न प्यार’ कि सुपर सक्सेस अभिनेत्री अमीषा पटेललाई पनि अभिभावकबाट टाढै भएर बस्ने मन लाग्यो । अमिषाले आप्mनो परिवारलाई उनको कमाईका गलत प्रयोग गरेको आरोप लगाएको कारण उनले आप्mना पितालाई १२ करोड जरीवानाको मुद्दा लगाईन । यो लडाई त्यहीबाट शुरु भयो जब अमिषाले मिडियाका सामू भनिन् उनले घर छोड्ने समयमा उनलाई उनकी आमाले चप्पलले हिर्काएकी थिइन् ।
लता मंगेशकर र आशा भोस्ले
बलिउडका महिला गायक लता मंगेशकर र उनकी बहिनी आशा भोसलेका बीचको मनमुटावको विषय पनि लुकेको छैन । एक अन्तरर्वार्तामा आशा भोसलले भनेकी थिईन लता दिदीले मेरा जीवनका कठिन दिनहरुमा मलाई कहिल्यै पनि सहयोग गरिनन् ।
परिवार देखि टाढा रहीन सुरवीन चावला
‘हेट स्टोरी गर्ल’ बनेर फेमस भएकी पन्जावी नायीका सुरवीन चावला पनि आप्mनो परिवार देखि टाढै रहिन् । त्यसको कारण थियो फिल्म हेट स्टोरी –२ । खासगरी सुरवीनका माता पिता आप्mनो छोरीको बोल्ड सिनको कारण दु खी थिए । यहि कारण सुरबिन आफ्नो परिवारबाट टाढिईन् ।
रोहित र हृदय शेट्टी
हृदय शेट्टी बलिउडका सफल निर्देशक रोहीत सेट्टीका सौतेला भाई हुन् । उनले चालिस चौरासी र प्यार मे ट्वीष्ट जस्ता फिल्म बनाई सकेका छन् । यी दुवै भाई का बीच झगडा तब बढ्यो जब हृदयले भने उनका पिताका सिर्फ दुई छोरा छन् हृदय र उदय । खबर यो पनि छ कि रोहितका साथी हृदयको साथ काम गर्न अस्वीकार गरिदिन्छन् । जसको कारण हो रोहीत र हृदयको मनमुटाव ।
देओल परिवार
फिल्मी उद्योगको चर्चित परिवार मध्ये एक देओल परिवारको समबन्ध त्यति राम्रो छैन । जब सनी देओल र बाबी देओलले सौतेनी बहिनी इशा देओलको विवाहमा नजाने फैसला गरे तब मिडियाले पिता धर्मेन्द्रसँग अनेकौं प्रश्न गरे । तर उनले कुनै प्रश्नको जबाफ दिएनन् । उल्टै मिडियाका मानिसलाई विवाह स्थलबाट बाहिर जान भने ।
उदित र आदित्य नारायण
चर्चित गायक उदीत र उनका छोरा आदित्य नारायणका बीचको सम्बन्ध पनि त्यत्ति राम्रो छैन । यो सम्बन्ध यसरी विग्रियो कि जब एक महिलाले उदीत नारायणले म उदीत नारायणको पहिलो श्रीमती हुँ भनेर दावी गरिन् र आदित्य र दिपालाई धाकेवाज भनिन् ।
अरसद वारसी र अनवर हुसेन
अरशद वारसीको पनि आफ्नो सौतेला भाई अनवर हुसेन बीचको सम्बन्ध पनि तनाव पूर्ण नै देखिन्छ । अनवर एक गायक हुन् । उनको गायन यात्रा खासै सफल भने रहेन । दैनिक जिविकोपार्जनका लागि मात्र बारमा गीत गाए । एक अन्तरर्वार्ताको क्रममा अनवरले मिडियालाई बताएका थिए अरशदले कहिल्यै उनको फोन उठाएनन् र अरशदले अप्ठेरो परेका बेला कहिल्यै उनलाई सहयोग गर्ने कुनै इच्छानै देखाएनन् । अरशद कहिले पनि सार्वजनिक रुपमा अनवरलाई भाइका रुपमा स्वीकार गर्दैनन् । जब अरसद र अनवरको सम्बन्धका विषयमा कुरा उठ्थ्यो खुलेर बताउन चाहँदैनथे । मिडियालाई प्रश्नको जवाफ दिँदा पनि आलटाल गरिदिन्थे ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment