Radio Audio Program

Find us on Facebook

Updates

​सोनम र अनिल बाबु छोरी या दाजु बहिनी ?

मंसीर १७, काठमाण्डौ
बलिउडकी स्टाईल नायिका सोनम कपुर  सामाजिक सञ्जालहरुमा निकै सक्रिय छिन् । अनेक उपाय अपनाएर उनी चर्चा पनि आइरहन्छिन् । पछिल्लो समय सोनमले पिता अनिल कपुरसँगका केहि तस्वीरहरु पोस्ट गरेर चर्चा बटुलीरहेकी छिन् । जसमा सोनम कपुर र अनिल कपुर बाबु छोरीको सट्टामा दाजु बहिनी जस्ता देखिएका छन् । अनिल कपुरलाई बढ्दो उमेरले खासै असर पारेको छैन । उमेरले ५८ बर्ष भइसकेका भएपनि अनिल अझै पनि जवान देखिन्छन् ।  सोनम र अनिलको उमेरमा २८ बर्षको फरक छ । अनिल २८ बर्ष हँुदा सोनमको जन्म भएको थियो ।

अनिलको बलिउड यात्रा निकै सफल रह्यो । उनले धेरै राम्रा र सफल सिनेमामा काम गरेका छन् । जुदाई, लाड्ला, मिस्टर इण्डिया,अन्दाज, हिफाजत लगायतका सिनेमामा अनिलले काम गरेका छन् । सोनमको  यात्रा भने अनिलको जस्तो सफल भइनसके पनि उनी स्टाईल दिवाको नामले निकै चर्चित छिन् । भर्खरै सिनेमा प्रेम रतन धन पायोको सफलताले खुसी रहेकी सोनमले पितासँगका सेयर गरेका तस्वीरहरु यस्ता छन् ।

 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ  

Post Comment

Radio Audio Live