Radio Audio Program

Find us on Facebook

Updates

सावधान ! यसरी पनि पड्किन सक्छ आईफोन ।

असार, काठमाडौं । एप्पल कम्पनीले केही महिना अघिमात्रै लन्च गरेको आईफोन सिक्स भारतको राजधानी नयाँ दिल्लीस्थित गुडगाउँमा पड्केको छ  । 

 

गुडगाउँका कृष्ण यादवले फोन गरिरहेका बेला आईफोन सिक्सबाट शुरुमा धुवाँ निस्केर त्यसपछि विस्फोट भएको थियो  ।  
कृष्णले १८ जुनमै दिल्लीमा आईफोन सिक्स किनेका थिए । शनिबार राति कारमा बसेर बोलिरहँदा अचानक फोनबाट धुवाँ निस्कियो । धुवाँ निस्केपछि उनले फोनलाई भुइँमा फ्याकेपछि ठूलो आवाजमा पड्केको थियो ।

 

आवाजसहित पड्कँदा दुर्घटना नभए पनि उनको औंलामा हल्का चोट लागेको छ ।  भारतमा आईफोन सिक्सको मूल्य करिब ६० हजार रुपैयाँ रहेको छ  । जलेको फोन लिएर सोमबार आईफोन केयर गइ पुरा घटना बताउँदा पनि चित्त बुझ्दो जबाफ नआएपछि  सुशान्त लोक पुलिस कार्यालयमा उजुरी दर्ता गराएका हुन । 

 

विश्वमै चर्चित कम्पनीको महंगो फोनमा बोल्दा बोल्दै आगो लागेर पड्केपछि यसको गुणस्तरमा उपभोक्ताले प्रश्न उठाउन थालेका छन्  ।

 

-अन्नपूर्णपोष्ट
 

Post Comment

Radio Audio Live