Radio Audio Program

Find us on Facebook

Updates

पुनर्जन्मका बारेमा के भन्छ धर्म र विज्ञान

असार, काठमाडौं ।  जीवन र मृत्युको बारेमा सबै भन्दा बढी ज्ञान गीतामा छ ।  जसलाई भगवान श्री कृष्णको वाणी भनिन्छ । हिन्दुधर्ममा जीवन मृत्यु र पुनर्जन्मलाई एक चक्र  मानिन्छ ।


यसको कारण यो होकी भगवान श्री कृष्ण नै अर्जुनको मोह भंग गर्नको लागि गीताको उपदेश दिँदै भनेका छन् कि हे अर्जुन यस्तो कुनै समय छैन जहाँ तिमी पनि थिएनौ र म पनि र अगाडि यस्तो कुनै समय हुने छैन जहाँ तिमीपनि रहन्नौ र म पनि ।

 

मेरो र तिम्रो जन्म भइसकेको छ । मैले आÏनो बितेको समय सबै जन्मको ज्ञान छ र तिमीमा छैन किनकी तिमी मान्छे  हौ र म नारायण । यसैले हे अर्जुन जीवन र मृत्युको मोहमा न अल्झिय ।


जसरी  मनुष्य  वस्त्र बदल्छ त्यसरी नै आत्माले पनि शरीर बदलिरहेको हुन्छ । अर्थात् नयाँ शरीर धारणा गर्छन् । धार्मिक दृष्टिले पुनर्जन्मको कुराको व्याख्या गर्ने वाला कुनै कथा पुराण र धार्मिक पुस्तकमा पाउन सकिन्छ ।  महाभारतमा जब अभिमन्यु को मृत्यु पछि अर्जुन दुःखी भएर बिलाप गर्न लाग्छन्


उनको त्यस्तो हालत देखेर भगवान श्रीकृष्णले अर्जुनलाई लिएर स्वर्ग गए । स्वर्गमा अर्जुन र अभिमन्युको भेटघाट भयो । तब अर्जुन भावुक हुँदै उठे र पुत्र–पुत्र भनेर भन्दै अभिमन्यूसँग अँगालो हाले अभिमन्युले अर्जुनको यो दशा देखेर भने तपाई त एक जन्म मेरो पिता हुनुभयो र त यति रुनु भएको छ तर म कयौं पटक तपाईको पिता भई सकें तर म कहिल्यै यस्तो ब्याकुल भइन ।


त्यसैले पृथ्वीमा फर्केर जानुहोस् । अभिमन्युको यस्तो कुरा सुनेर अर्जुनलाई मोह भंग भयो र पुनर्जन्मको ज्ञान मिल्यो । यस्तै अर्को कहानी पनि छ महाभारत सँग जोडिएको त्यसमा उल्लेखछ र यो भिष्म पितामहसँग जोडिएको छ । अर्जुनको बाँणले घायल भएर जमीनमा लम्पसार परेका भीष्म जब कृष्णसँग सोध्छन् कि आज जुन वाणको शैøयामा  सुत्न परिरहेको छ यो कुन कर्मको फल हो ?


मलाई याद छ ७ जन्म को कुरा सम्झन्छु तर त्यसमा मैले त्यस्तो कुनै कर्म गरेको गरेको छैन कि अहिले आएर मलाई यो वाणैवाणको विस्तारामा सुत्नु  परोस् । भिष्मको प्रश्नको उत्तर दिँदै कृष्णले भने तपाईको आठौं जन्मको कुरा याद छैन
त्यस जन्ममा तपाईंले एक सर्पको नागफनीको काँडामा Ïयाकि दिनु भएको थियो । जसले गर्दा सर्पको शरिर काँडाले छिया छिया भएको थियो त्यही पापको कारण आज तपाईंको यो हालत भएको हो ।


अब आउनुहोस् र थाहा पाउनु होस् धर्मको अनुसार पुनर्जन्म कसरी हुने रहेछ ।  नयाँ जीवन कसरी मिल्छ । पुनर्जन्म र  पुनर्जन्मको रहस्य बाट पर्दा उठाउन का लागि वेदान्त दर्शनमा जीवन मृत्युका बारेमा के भनिएको छ । वेदान्त जीवन र मृत्युको चक्रमा पुनर्जन्मको भ्रम सल्टाउने प्रयास गर्दै गीता दर्शनको नजीक लिएर जान्छ । र जीवन मृत्यु र पुनर्जन्म सबै जीवको कर्मको कारणले हुन्छ भन्ने बताउँछ  ।

 

व्यक्तिको पुनर्जन्म उसको पूर्व जन्मको कर्म, इच्छा, भोग र वासनामा निर्भर   गर्छ । प्राणीको जस्तो इच्छा बासना र  भोगको कामना रहन्छ त्यस्तै उसले नयाँ शरीर लिन्छ । पुराणमा कयौ कथा मिल्छन जसले यही बताउँछन् कि मृत्युको समयमा मानिसको जस्तो इच्छा हुन्छ त्यस्तै अनुरुपको उसले नयाँ जीवन पाउँछ । एक कथामा  राजा भारत एक लडाईंमा  बच्चाको मोहमा यसरी फँसे कि अन्तिम समय सम्म त्यसैको सम्झनामा डुवे हराए । यसको परिणाम यो निस्क्यो कि पुण्यात्मा हुँदा हुँदै पनि अर्को  जन्ममा पशु योनीमा पुगे र हरिण भएर जन्मे ।

Post Comment

Radio Audio Live