Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पेटमा जुम्ल्याहा बच्चा बोकेर भारोत्तोलन
असार, काठमाडौं । २६ वर्षीया सोफी गुडोलिन अस्ट्रेलियाको गोल्ड कोस्टनिवासी हुन । अहिले उनको पेटमा ६ महिनाका जुम्ल्याहा बच्चा हुर्किरहेका छन् । भारोत्तोलन सौखिन यिनले यस्तो अवस्थामा पनि भारोत्तोलन लगायत व्यायाम गर्न छोडेकी छै्रनन् ।
गर्भवती भएकाले पेट बढे पनि उनको बाँकी शरीर सामान्य युवतीको जस्तै छ । व्यायाम गर्दै गरेको फोटो उनले सामाजिक सञ्जालमा अप्लोड गरेपछि विभिन्न पत्रपत्रिका तथा अनलाइनले यसलाई समाचारको प्रमुख विषय बनाएका छन् । सामाजिक सञ्जालमा उनको फोटोमाथि कमेन्ट गर्नेहरूको संख्या कमी छैन ।
आफ्नो र पेटमा हुर्किरहेका बच्चाहरूको स्वास्थ्यमाथि हेलचेक्रयाइँ गरेको भन्दै उनलाई गाली गर्ने तथा यस्तो अवस्थामा पनि व्यायाम गर्ने साहस देखाएको भन्दै उनको तारिफ गर्ने दुवै खालका कमेन्टहरू आएका छन् ।
कुराकानीका क्रममा सोफीले भनिन्, ‘अहिले म ३० केजी वजन उठाउने गर्छु । सामान्य अवस्थामा ६० किलो वजन उठाउने गर्थेँ ।’ उनी भारोत्तोलन सिकाउने पेसेवर ट्रेनर पनि हुन् । सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेहरू अधिकांश पुरुष रहेको बताइन् ।
सोफीले भनिन् मैले कति वजन उठाउनुपर्छ भनी सिकाउने उनीहरू को हुन् ?’ गर्भवती अवस्थामा व्यायाम गर्नु ज्यादै लाभदायक रहेको समेत उनले बताइन् ।





Post Comment