Radio Audio Program

Find us on Facebook

Updates

१०३ का बेहुला, ९१ कि बेहुली

असार, काठमाठौं । सामान्यतया मानिस सय वर्ष भन्दा बढि कमै बाँच्दछन् । बाँचेका मध्ये पनि कुनै न कुनै कारणले कमजोर भएका र उठबस र हिँडडुल गर्न पनि धौ धौ पर्छ । तर यो आम मान्यता र यथार्थलाई चुनौति दिँदै एकजना पुरुषले १ सय ३ वर्षको उमेरमा बिहे गरेका छन् ।

डाँडापारीको जून बनेका ती वृद्धले कति उमेरकी बेहुली भित्राए होलान् त ? पक्कै पनि १६–१७ को उमेरको युवती पाउने त कुरै भएन । उनकी बेहुली बनकी महिला पनि उमेरले ठ्याक्कै नब्बे कटेकी रछिन् ।

बेलायतमा यी नवविवाहित सबैभन्दा वृद्ध जोडीहरु अहिले चर्चामा छन् । बेहुला १ सय ३ वर्षका जर्ज किर्बी र बेहुली ९१ वर्षकी डेरिन ल्युकीबीच पछिल्लो २७ वर्षयता प्रेम सम्बन्ध चलिरहेको रहेकोले उमेरले पूरै नेटो काट्न थालेपनि यी दुइले बिहे गरे । बेहुला जर्ज आफ्नो जवानीमा बक्सिङ खेलाडि थिए ।

Post Comment

Radio Audio Live