Radio Audio Program

Find us on Facebook

Updates

छोरी नै आमाको सौता ! अनौठो परम्परा

असार,काठमाडौं /आमा र छोरी दुवैजनाको लोग्ने एउटै पुरुष हुन पनि सक्छ ? विश्वास नलाग्ला तर कुरा साँचो हो । बंगलादेशको मण्डी जनजातिमा यस किसिमको अनौठो परम्परा प्रचलनमा रहेछ ।

यसै जनजातिकी एउटी युवती ३० वर्षीय ओारेला भर्खरकी बालिका छँदै उनको पिताको मृत्यु भएको थियो । त्यसपछि ओरोलाकी आमाले दोस्रो विवाह गरिन् ।

सञ्चारकर्मीलाई आरोलाले बताएअनुसार, उनका दोस्रो पिताको नाम नर्टन हो र उनी नर्टनलाई निकै रुचाउने गर्थिन् । उनी सोच्ने गर्थिन, उनकी आफ्नै कति भाग्मानी जसलाई नर्टनजस्तो लोग्ने भेटिएको थियो ।

तर ओरोलाको उमेरले किशोरावस्थामा प्रवेश गरेपछि उनलाई थाहा भयो– उनका दोस्रो पिता नर्टन नै उनका पनि पति हुन् । यो थाहा पाएर उनी स्तब्ध भइन् । पिता जस्तो मानेर जुन पुरुषलाई उनले सधैं सम्मान दिँदै आइन्, उनी तीन वर्षकै छँदा त्यही पुरुषसित उनको विवाह भइसकेको थियो ।’

खासमा यो एक किसिमको परम्परा हो जसअन्तर्गत कुनै महिलाको पति विवाहको लगत्तै केही वर्षको अन्तरालमै वा कम उमेरमै दिवगंत हुन्छ भने यस परम्पराको अनुशरण गरिन्छ । यस्तो अवस्थामा उक्त महिलालाई पतिकै परिवार वा खानदानकै कुनै कम उमेरको अन्य पुरुषसित विवाह गनुपर्दछ ।

आरोलाकी आमासित पनि यही भएको थियो । कम उमेरको नयाँ पतिको विवाह उसको अब हुन गइरहेकी पत्नीको छोरीसित पनि एउटै विवाह–मण्डपमा गराइदिने प्रचलन छ । विश्वासचाहिँ के गरिन्छ भने कम उमेरको पतिले नयाँ पत्नी र निजकी सानी छोरीकोसमेत पति बनेर दुवैको सुरक्षा लामो समयसम्म गर्न 
सक्दछ ।

यही परम्परालाई मानेर हुर्के–बढेकी ओरोलाले आफ्नो पति नर्टनसितको सहवासबाट तीन बच्चा जन्माइसकेकी छन् । ओरोलाकी आमाले पनि पति नर्टनबाट दुई सन्तान जन्माएकी छन् ।

Post Comment

Radio Audio Live