Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
श्रीमती १०० छोरा छोरी ५००
असार, काठमाडौं ।आफ्नै आमाका सौता अर्थात् आफ्नो बुवाका कान्छी श्रीमतीहरुलाई आफ्नै श्रीमती बनाएर भित्र्याएका घटनाहरु बिरलै होलान् । यो दुनियाँमा यस्तो देश छ, जहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ । बुवाका श्रीमतीहरुलाई अर्थात् आफ्ना सानीआमाहरुलाई आफ्नै श्रीमती बनाएर भित्र्याउनु पर्छ ।
अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रका राजा अबुम्बी द्वितीयका झण्डै एक सय श्रीमती छन् । ति श्रीमतीहरु उनी आफैले बिहे गरेका भने होइनन् । ती मध्ये ७२ जना उनका सौतेनी आमाहरु हुन् ।
११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएको थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् पदेन श्रीमती बन्दछन् ।
७२ जना पदेन श्रीमतीका साथै आफुले विवाह गरेका दुई दर्जन भन्दा बढी श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।
अफ्रिकी देश क्यामरुनमा पुरुषका लागि बहुविवाह छुट छ, तर पछिल्लो समयमा भने यो प्रचलन घट्दै गएको छ । मौलिक संस्कृति बचाउनकै लागि आफुले सय जना रानी बनाएको तथा आफ्ना लागि संस्कृति र सबै रानीहरु महत्वपूर्ण रहेको दाबी गर्छन् ।
यी राजाको राजदरबारलाई टोह भनिन्छ । क्यामरुनको पर्यटकीय आकर्षण भएको यो ठाउँलाई विश्वको सबैभन्दा संकटापन्न सम्पदाको रुपमा लिइएको छ ।





Post Comment