Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कोलम्बियामा दुई टाउको र तीन आँखा भएको सुँगुर जन्मियो
असार, काठमाडौं ।कोलम्बियामा एउटा गाउँमा अनौठो खालको सुँगुरको पाठो जन्मिएको छ, जसका दुइवटा टाउको छन् र तिनवटा आँखा छन् ।
जन्मिएलगत्तै यो सुँगुरलाई हेर्न आउनेको भिड लाग्यो । कसैले उक्त सुँगुरको फोटो खिचेर इन्टरनेटमा हाल्यो । त्यसपछि त दुइटाउके तथा तिन आँखे उक्त सुँगरको तस्वीर इन्टरनेटमा खुबै भाइरल बनेको छ ।
हाम्रो संस्कारमा यस्तो विकृत जिउ भएका मानिस तथा जनावरको जन्मलाई अशुभ मान्ने चलन छ, तर कोलम्बियामा भने यो सुँगुर जस्ता अनौठो सरीर भएका जनावरलाई घरमा राख्नु शुभ मानिन्छ । दुइ टाउको तथा तिन आँखा भएका सुगुरको पाठोको सरीरको रौँ सेतो छ र ठाउँठाउँमा कालो रङको धब्बाहरु देखिएका छन् ।
हेगल आर्टेगा पाडिला नामका किसानले पालेको सुँगरले यस्तो पाठो जन्माएको हो । अनौठो सुँगुर इन्टरनेटमा भाइरल भएसँगै यसलाई खरीदगर्न चाहनेको होडबाजी मच्चिएको छ । कतिपय व्यापारीहरुले समेत यो अनौठो सँुगुर किन्नका लागि आफुसँग सम्पर्क गरेको बताएका छ । एकपछि अर्को गर्दै बढि भन्दा बढि मूल्यका अफरहरु आइरहेका छन् ।
सँुगुरको बच्चा आफ्नो लागि निकै लक्की रहेको र यसले आफुलाई धनी बनाइदिने भो भन्दै पाडिला मख्ख छन् ।





Post Comment