Radio Audio Program

Find us on Facebook

Updates

सम्बन्ध लुकाउँदै सारापोभा...

काठमाडौं । टेनिस स्टारद्वय मारिया सारापोभा र ग्रिगर डिमिट्रोभबीचको ‘लभ अफेयर’ तीन वर्ष मात्र भएको छ । तीन वर्षदेखि सारापोभा र डिमिट्रोभ डेटिङमा छन् । टेनिस क्षेत्रमा यी दुईलाई गोल्डेन जोडीका रूपमा लिने गरिन्छ । अन्तर्रा्ष्ट्रिय मिडियाले पनि सारापोभा र डिमिट्रोभबीचको सम्बन्ध पछ्याउने गरेका छन् ।

बेल्जियमका डिमिट्रोभले सारापोभासँगको सम्बन्ध खुलस्त बताउने गर्छन् । तर,सारापोभा भने डिमिट्रोभसँगको सम्बन्ध खुलाउन चाहँदिनन् । गत १९ मेमा जन्मदिनका अवसरपारेर डिमिट्रोभले सारापोभालाई एक रिङ उपहार दिएका थिए । उनले त्यो औंठीलार्ई इन्गेजमेन्ट औँठी बताएका छन् ।

 

सारापोभा भने यसलाई केवल जन्मदिनको सुन्दर गिफ्ट को रुपमा मनेकि छन् । ‘यो औँठी उपहार मात्रै हो,’ लजाउँदै सारापोभाले भनिन्, ‘हामीबीचको सम्बन्ध इन्गेजमेन्टसम्म पुगेकै छैन ।’ मिडियाले आफूहरूलाई बढी पछ्याइरहँदा त्यसको प्रभाव खेलमा पर्न सक्ने सारापोभाको भनाइ छ ।

मिडियामा अनावश्यक रुपमा दुईबीचको कुरा आइरहँदा आपूmलाई एक किसिमले मानसिक तनाव भएको उनले बताइन् । यसै कारण डिमिट्रोभसँगको सम्बन्धबारे आफूले खुलाउन नचाहेको सारापोभाले बताएकी छिन् । ‘हामीबीचको सम्बन्ध मिडियामा आउँदा कहिलेकाहीँ तनाव महसुस गर्छु, यसको असर खेलमा परेको छ,’। ‘यसकारण मेरो भित्री चाहना डिमिट्रोभसँगको सम्बन्ध बाहिर नआओस् भन्ने हो ।’

 

‘मेरी प्रेमिकाले कस्तो विचार राख्छिन्, मलाई थाहा छैन, उनीसँग म निरन्तर डेटिङमा छु,’ डिमिट्रोभले भने, ‘डेटिङका क्रममा सारापोभालाई मनपर्ने गुलाफको फूल सधैँ दिने गर्छु ।’

आफूहरू गोल्डेन जोडी नभएको र सामान्य जोडी मात्र रहेको बताएका छन् । गत महिना बेइजिङमा आफूहरू सामान्य जोडीकै रूपमा घुमघाम गरेको उनले खुलाए । ‘गत महिना बेइजिङमा हामी सामान्य रूपमा घुम्यौँ,’ उनले भने, ‘हामी यो युगकै गोल्डेन जोडी होइनौँ ।’ नयाँपत्रिका 

Post Comment

Radio Audio Live