Radio Audio Program

Find us on Facebook

Updates

फिल्म ब्याड ब्वाइज ३ मा वील स्मिथले खेल्ने पक्का ।

जेठ, काठमाडौं । सोनी पिक्चर्सले एक्सन फिल्म ’ब्याड ब्वाइज’को तेस्रो श्रृखंला बनाउने भएको छ  । यसका लागि सोनीले बहुप्रतिभाशाली फिल्म लेखक तथा निर्देशक जो कार्नाहनलाई तेस्रो श्रृखंला लेख्ने जिम्मेवारी सुम्पेको छ भने फिल्म पनि उनले नै निर्देशन गर्नेबारेमा पनि कुरा चलिरहेको समेत चर्चा छ  । यसो भएको खण्डमा तेस्रो श्रृखंलाले नयाँ निर्देशक पनि पाउने पक्का छ । यस अघिका दुई श्रृखंलालाई भने माइकल बेले निर्देशन गरेका थिए । एक्सन–कमेडी विधाको फिल्ममा दुई प्रहरी अधिकारीको कथा रहने गरेको छ । फिल्मका दुई भागमा वील स्मिथ र मार्टिन स्मिथले मूख्य भूमिका निभाएका थिए । फिल्ममा वील स्मिथले खेल्ने पक्का भइसकेको बताइएको छ ।
यो फिल्मको पहिलो श्रृखंला करिब २० वर्ष अगाडी सन् १९९५ मा बनेको थियो भने दोस्रो भाग त्यसको दश वर्ष पछि सन् २००५ मा आएको थियो । सोनी फिक्चर्सले यस फिल्मलाई आफ्नो फास्टट्रयाक योजना अन्तरगत राखेको कारण फिल्म आगामी वर्षको अन्त्यसम्म दर्शकमाझ आइपुग्नेछ  । ऐजेन्सी

 

Post Comment

Radio Audio Live