Radio Audio Program

Find us on Facebook

Updates

प्रेमीलाई भेट्न उनी निजी जेट विमान लिएर जाने गर्छिन् ।

जेठ ३१, काठमाडौं । हलिउड पपस्टार टेलर स्विफ्ट आफ्ना प्रेमी केल्विन हेरिससँग भेट्न कुनै सम्झौता गर्दिनन् । त्यसकारण पनि उनी प्रेमी भेट्न निजी जेट विमान लिएर जाने गर्छिन् । यो जोडी हरेक समयसँगै बिताउन चाहन्छन् । त्यसकारण पनि टेलर केही घन्टाको भेटघाट गर्न निजी विमानको प्रयोग गर्छिन् ।

 

‘स्विफ्ट आफ्नो सांगीतिक कामबाट फुसर्द पाउना साथ प्रेमी हेरिससँग मिल्न जान्छिन् । टेलर हेरिससँग यति सुरक्षित महसुस गर्छिन् कि प्रेमीसँग भेट्दा आफू सुरक्षागार्डलाई पनि सँगै हुन दिन्नन्,’ यो कुरा टेलर निकट एक साथीले बताईन् ।

 

अहिले स्विफट् युरोप यात्रामा छिन् । जुनको यात्रा सकिएपछि उनी जुलाइदेखि सेप्टेम्बरसम्म अमेरिकाको यात्रामा हुनेछिन् । स्विफ्टले लसभेगासमा रहने आफ्ना प्रेमी हेरिस अमेरिका यात्रामा आफ्नो सुविधाअनुसार आउनेमा विश्वास व्यक्त गरेकी छिन् । एजेन्सी

Post Comment

Radio Audio Live