Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जर्मनीलाई अमेरिकाले स्तब्ध बनाएको छ ।
जेठ २९, काठमाडौं । गत वर्ष सम्पन्न फिफा विश्वकप उचालेर चौथोपटक विश्वविजेत ाबनेको जर्मनीलाई अमेरिकाले स्तब्ध बनाएको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा विश्वविजेता जर्मनीलाई २–१ गोलले पराजित गरेको छ ।
अमेरिकाका बैकल्पिक खेलाडी बबी उडले निर्णायक गोल गरेपछि जर्मनी स्तब्ध भएको हो । घरेलु टोली जर्मनीले खेल शुरु भएको १२ औं मिनेटमै मारियो गोट्जेको गोलमार्फत अग्रता लिएको थियो । तर यो अग्रतालाई जर्मनीले धेरै बेरटिकाउन सकेन ।
खेलको ४१ औं मिनेटमा अमेरिकाका मिक्केल डिस्केरुडले बराबरी गोल फर्काए र पहिलो हाफमा १–१ गोलको बराबरीमा टुङ्गीयो । निकै आक्रमक र रोमान्चक खेल भएपनि दोश्रो हाफमा ८६ मिनेट सम्म दुबैतर्फबाट गोल हुन सकेको थिएन । तर ८७ औं मिनेटमा भने बबी उडले एक गोल गर्दै जर्मनीलाई पछि पार्दै जीत हासील गरे ।
बबी ७४ औं मिनेटमा बैकल्पीक खेलाडीका रुपमा प्रवेश गरेका थिए । खेलको अन्त्य तिर गोल खाएर हार ब्यहोर्ने स्थितिमा पुगेको जर्मनी निकै अत्तालिएको थियो र फर्काउन सक्ने स्थितिमा थिएन । सन् २००२ र २००६ को विश्वकपमा जर्मनीसँग अमेरिका पराजित भएको थियो ।
जीत पछि अमेरिकी टोलीका जर्मनी प्रशिक्षक योर्गेन क्लिन्सम्यानले आÏनो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । गत शुक्रबार नेदरल्याण्डलाई ४–३ गोल अन्तर्गतले हराएको थियो । त्यो खेलमा पनि बबीउडले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । समाचारपत्र दैनिक





Post Comment