Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अहिले म भिगन डाइट फलो गरिरहेकी छु : अभिनेत्री कंगना
काठमाडौं । फेसन’, ‘रिभोल्वर रानी’ र ‘क्विन’जस्ता फिल्मले बलिउड अभिनेत्री कंगना रनौटको अभिनय क्षमता अब्बल रहेको प्रमाणित गरिदिएको थियो । सँगसँगै यी फिल्मले कंगनाको आकर्षक ‘फिगर’को सर्वत्र तारिफ गराएको थियो । कंगनाले रूपरङ र फिगर मेन्टेन गर्न ठूलो मिहिनेत गर्ने गरेकी छिन् ।
व्यायाम, मेकअप लगायतमा मिहिनेत गर्ने उनले खानपानमा अझ कठोर अनुशासनबाट आफूलाई बाँध्ने गरेकी छिन् । कंगना शाकाहार भोजन मात्र गर्छिन् । अहिले आएर उनी भिगन भएकी छिन् । अर्थात्, उनले दुग्ध परिकारसमेत खान छोडिसकेकी छिन् ।
तर, मांसाहारप्रति मोह भंग भएपछि उनी शाकाहारी बनिन् ।
माछामासुबाट पाइने पोषिला तत्त्वको क्षतिपूर्ति गर्न उनले दुग्ध परिकार बढी खान थालिन् । तर, डेरी प्रोडक्ट्स पनि नफापेजस्तो लागेपछि उनी भिगन बनेकी छिन् । ‘अहिले म भिगन डाइट फलो गरिरहेकी छु,’ कंगनाले भनिन्, ‘माछामासु खान छोडेर शाकाहारी बनेपछि मैले डेयरी प्रोडक्ट्स बढी मात्रामा लिन थालेँ ।
यसले स्वास्थ्यमा समस्या उत्पन्न गराउन थालेपछि यसलाई पनि त्यागिदिएँ । दुग्ध परिकार बढी खान थालेपछि कंगनालाई एसिडिटीको समस्याले सताउन थाल्यो । त्यसपछि उनले बिस्तारै दुग्ध परिकाको खपत कम गर्न थालिन् ।
यद्यपि, भिगन भएर रहन निकै चुनौतीपूर्ण रहेको र चाहेर पनि कहिलेकाहीँ खाँदिनँ भनेको परिकार खानुपर्ने बाध्यता आइलाग्ने गरेको उनी बताउँछिन् । ‘म टोटल्ली भिगन बन्न चाहन्छु ।
म जुन पेसामा छु, त्यसमा माछामासु र दुग्ध परिकार नखाइरहन कहिलेकाहीँ सम्भव हुँदैन,’ कंगनाले थपिन्, ‘फिल्मको कामका लागि मैले यात्रा गरिरहनुपर्छ । यात्रा गर्दा खोजेजस्तो खाना कहिलेकाहीँ पाइँदैन र सम्झौता गर्नुपर्छ ।’
नन भेजिटेरियन स्यान्डविच लिएर त्यसबाट मासु हटाई खानुको विकल्प नहुने कंगना बताउँछिन् । ‘किनकि, भोक मेट्नै पर्योय । भोकै लामो दूरी यात्रा गर्न सकिन्न क्यारे,’ उनले भनिन् । मांसाहार र दुग्ध परिकारबाट पूरै अलग रहन सम्भव भएको दिन आफू ज्यादै खुसी हुने कंगनाले बताइन् ।
नयाँपत्रिका दैनिक





Post Comment