Radio Audio Program

Find us on Facebook

Updates

मोडलिङको दिनमा यस्तो देखिन्थीन् कटरिना कैफ (बर्थ डे स्पेशल)

असार, काठमाण्डौ
बलिउडमा धेरै यस्ता अभिनेत्रीहरु छन्  जसले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । तिनै मध्येकी एक हुन् कटरिना कैफ । जुलाई १६ मा कटरिना कैफको जन्मदिन हो र जन्म दिन स्पेशलमा हामी कटरिनाका बारेमा केहि लेख्दैछौ ।


 कटरिनालाई मोडलिङमा एक पहिचान बनाईसकेपछि मात्र फिल्ममा ब्रेक मिलेको थियो । बलिउडमा फिल्म बुमबाट उनको करियर सुरु भएको थियो । मोडलिङको समयमा उनि सामान्य  देखिन्थीन् तर पछि सफलता सगँसगै उनको स्टाईलमा पनि परिवर्तन आयो र उनि स्मार्ट देखिन थालिन् ।
 सन् १९८४
 जुलाई १६ मा जन्मीएकी कट्रीना कैफका पिता कश्मिीरी हुन् भने आमा ब्रिटिस ।

  

कटरिना सानो छँदा नै उनका आमा र बुबाको डिभोर्स भएको थियो ।  कटरिनाको बचपन पनि धेरै देशहरुमा घुमेर बितेको थियो । जसले गर्दा उनि  कहिल्यै पनि स्कुल जान पाईनन् । कटरिनाले लडंनमा हुदा देखि नै मोडलिङ सुरु गरेकी थिईन् ।

   

 लडंनमा नै उनलाई फिल्म निर्माता कैजाद गुस्तादले एक फैसन शो मा  देखेर आफ्नो फिल्म बुमको लागि साईन गरेका थिए । बुमपछिको उनको फिल्मी यात्रा भने अहिलेसम्म पनि सफल देखिन्छ ।

Post Comment

Radio Audio Live