Radio Audio Program

Find us on Facebook

Updates

​हिमाल आरोही सञ्जय पण्डितको नाममा अर्को कीर्तिमान ।

सन्तोष चोखाल, जापान ( टोक्यो )
आरोही तथा अन्ट्रा साउण्ड म्याराथन धावक सञ्जय पण्डितको नाममा अर्को कीर्तिमान थपिएको छ । जापानको सबैभन्दा अग्लो माउन्ट फुजीको सफल आरोहण गर्दै आरोही पण्डितले अर्को कीर्तिमान बनाएका हुन् ।उनले विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर पर्वत मनास्लु, अफ्रिकाको किलिमन्जारो, अमेरिकाको अकोन्कागुआ, यूरोपको एल्ब्रुस लगायत ६ महादेशका उच्च शिखरहरुको सफल आरोहण गरिसकेका छन् ।जापानिज आरोही जोनियाको साथमा आधार शिविरबाट प्रस्थान गरेका उनले करिब ३ घण्टामा शिखर चुम्न सफल भएका थिए । जापानकै सर्वोच्च शिखरमा चड्न पाउँदा खुशी लागेको पण्डितले बताए ।

सात महादेशका सर्वोच्च शिखरको आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम अन्टार्टिकाको भिन्सन मशिफ आरोहण गर्न बाँकी रहेको छ । यो वर्षको अन्तिमसम्म  उक्त हिमालको शिखरमा पुग्ने लक्ष्य लिएको उनले जानकारी दिए ।पण्डितले अन्टार्टिकाको भिन्सन आरोहणको तयारी स्वरुप फुजी आरोहण गरेका हुन् । उनले भूकुम्पमा मारिएका हजारौँ नेपालीप्रति यो आरोहण समर्पित गरिएको उल्लेख गरेका छन । पण्डितको माउन्ट फुजी आरोंहणलाई एनआरएनए कान्तो, राप्ती समाज जापान तथा प्रवासी नेपाली मञ्च जापानले आर्थिक सहयोग गरेका थिए ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live