Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नग्न फोटो प्रकाशमा आएपछि ताज खोसियो
जेठ,काठमाडौं । वाट्सएपमा न्युड फोटोहरु भाइरल भएपछि मिस जिम्बाब्वेको ताज खोसिएको छ । ताज खोसिएपछि उनले यस वर्ष चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा सहभागि हुन नपाउने भएकी छिन् । २५ वर्षीय एमिली काचोटेले यस घटनापछि अब आफु आराम गर्ने सोचमा रहेको बताएकी छिन् । गत अप्रिलमा मिस जिम्बाब्वे चुनिएकी एमिलीले केही समय आराम गरेपछि आफू मोडलिङमै टिकिरहने बताएकी छिन् ।
जिम्बाब्वेमा एकै वर्षमा यस्तो आरोपमा वर्षमा कुनै प्रतियोगिताबाट हटाइएकी उनी दोस्रो मोडल हुन् । यस अघि मिस जिम्बाब्वे थबिसो फिरीको पनि न्युड फोटोहरु सार्वजनिक भएपछि ताज फिर्ता लिइएको थियो । मिस जिम्बाब्वे ट्रस्टले एमिलीको ताज फिर्ता गर्नुको कारण खुलाउँदै भनेको छ, ‘एमिलीले सम्झौता अनुसारका नियम उल्लंघन गरेकी छिन् । सम्झौतामा सहभागीले कहिल्यै न्युड फोटो सुट नगरेको र टाइटल जितेपछि पनि यस्तो नगर्ने सर्त राखिएको हुन्छ । उक्त नियम उल्लंघन गरेपपछि उनको ताज खोसिएको हो ।
मिस जिम्बाब्वेको ताज खोसिएपछि न्यूड फोटो भाइरल भएको विषयमा एमिलीले आफ्नो बचाउ गर्दै यस्तो फोटो प्रतियोगितामा भाग लिनु पहिले नै खिचिएको बताएकी छिन् । सञ्चार माध्यमले जनाएअनुसार उनको यो फोटो उनका पूर्व प्रेमिले सार्वजनिक गरिदिएका हुन् ।
एमिलीले भनिन् ‘हामीले त्यस रात केही ड्रिंक्स गरेका थियौँ, त्यो रात जे पनि भयो त्यो मेरो नियन्त्रणभन्दा बाहिरको कुरा थियो, तर अहिले उक्त व्यक्तिसँग मेरो कुनै सम्बन्ध छैन ।’ एमिलीको ताज खोसिएपछि प्रतियोगिताको फस्ट रनरअप मिस एनी ग्रेस मुताम्बु अर्काे मिस जिम्बाब्वे बनेकी छिन् । उनी नै चीनमा हुने मिस वल्र्डमा प्रतिनिधत्व गर्न जाने छिन् । मिस वल्ड प्रतियोगिता आगामी डिसेम्बर १९ मा आयोजना गरिँदैछ ।





Post Comment