Radio Audio Program

Find us on Facebook

Updates

बजरगीं भाईजानको नयाँ रेकर्ड ।

साउन, काठमाण्डौ
ईदको मौका पारेर रिलिज भएको फिल्म बजरगीं भाईजानले तिन दिनमा सय करोड कमाउँदै सय करोड क्लवमा प्रवेश गर्दै नयाँ रेकर्ड बनाएको छ । 

यो भन्दा पहिले गत बर्ष ईदकै मौकामा रिलिज भएको सलमानको फिल्म किकले तिन दिनमा ८३ करोड कमाएको थियो । बजरगंी भाईजानले तिन दिनमा लगभग १०३ करोड कमाएको छ ।  यो कमाई सलमानको जिन्दगीको अहिलेसम्मकै धेरै कमाई हो  ।

रिलिज भएको पहिलो दिनमा भने ठिकै भएको व्यापार शनिबार र आईतबार  स्पीडमा दौडियो  जो अहिलेसम्म पनि कायमै छ । दिन प्रतिदिन बढ्दोक्रममा रहेको बजरगींको व्यापारले अझै के गर्छ थाहा छैन ।

फिल्म बजरगीं भाईजानको सफलतासँगै पछिल्लो लगातार फ्लप फिल्महरु दिएकी करिनालाई पनि करियरमा माथि उठ्ने राम्रो मौका मिलेको छ ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live