Radio Audio Program

Find us on Facebook

Updates

प्रेममा डबल रोल खेल्ने टि भि सेलिब्रेटिहरु (रिअल लाईफ)

असार, काठमाण्डौ

टेलिभिजन दुनियाँमा हालै छुटेको जोडि हो सरद र दिव्यंका त्रीपाठीको ।
सरदसँय दिव्यंका आफैले सम्बन्ध तोडेकी थिईन् किन की सरदले आफ्नी को स्टार रचना परुलकरसँग डेट गरिहेका थिए । टेलिभिजन दुनियाँमा यस्ता डबल रोलवाला सेलिब्रेटिहरु अरु पनि छन् । 


करन सिंह ग्रोभर
अभिनेता करन सिंह ग्रोभर र श्रद्धा निगमको १० महिने विवाह त्यतिबेला टुटेको थियो जब करनलाई झलक देखलाजामा निकोल भेटिएकी थिईन् । त्यसपछि फेरि उनले अभिनेत्री जेनिफर विंगेटसँग विहे गरे त्यो विवाह पनि सफल भएन । उनिहरुको २ बर्ष पुरानो विहे पनि डिभोर्समा परिणत भयो । यसको कारण करनसँग फिल्म अलोनमा काम गरेकी अभिनेत्री विपाषा बसुलाई मानिएको छ ।

अविनास सचदेव
जि टि भिको सिरियल छोटि बहुले सबैको मन जितेको थियो । जसमा अविनास र रुविना ले सँगै काम गर्थे र काम गर्ने क्रममै उनिहरुको प्रेम झाङगीएको थियो । एक समय
यस्तो पनि थियो अविनास रुविनाई नै सबथोक ठान्थे तर समय सधै एकनास हुदैन । अविनासलाई फेरि अरु कसैको प्रेमले आकर्षित गर्यो  र रुविना सँग ब्रेकअप भयो। अविनासले केहि समय पहिले सम्म स्टार प्लसको दैनिक शो "ईस प्यारको क्या नाम दु एक बार फिर"मा काम गरेका थिए । फेरि उनलाई  सँगै काम गर्ने अभिनेत्री सलमाली देसाईको प्रेमले तान्यो र हालै मात्र उनिहरुले विहे गरेका छन् ।

प्रत्युसा बेनर्जी

बालिका बधुकी पहिलेकी आनंदी प्रत्युसा बेनर्जीको पनि प्रेमले चर्चा पायो उनले त आफ्नो प्रमिको विरुद्धमा पुलिसम उजुरीसमेत हालेकी थिईन् । उनका प्रेमी मकरांदले उनिमाथि दुईतिर प्रेम गरेको आरोप लगाएका थिए ।  प्रेमी मकरांदसँग छुट्टीएको केहि समय पछि उनि अर्को एक प्रेमीसाग देखा परेकी थिईन् । प्रत्युषा हाल ससुराल सिमरकामा काम गरिरहेकी छिन् ।

दिपिका सैमसन
 दिपिका सैमसन ससुराल सिमरकामा काम गर्नुभन्दा पहिले नै विवाहित थिईन् । उनको पनि को स्टार शोएब ईब्राहिमसँग प्रेम चल्यो जसले बलिउड टेलिजगत र दिपिकाको जिवनमा नै खलबली  ल्यायो । दिपिका र उनका पति रौनक मेहता बिच खटपट पनि भयो । पछि शोएब ईब्राहिमले उत्त शो नै छाडे र प्रेमको चर्चा हरायो ।


एजाज खान 
एजाज खान र अनिता हसनदानीको प्रेमको चर्चा पनि खुबै थियो तर एजाजले अनितालाई धोका दिए । एजाजले अनितालाई धोका दिदै क्यानडाकी गायिका नटाली डि लुसियोलाई आफ्नो तन, मन दिए र उनिहरुको ब्रेकअप भयो । हाल अनिता टेलिसिरियल ये है मोहब्बतेमा सगुन
को भुमिकामा छिन् ।


सारा खान
ससुराल सिमरकामा नागिनको भुमिका निभाउने अभिनेत्री सारा खान र उनका व्वायफ्रेन्ड अलि मर्चेन्ट ले त बिग बोसको घरमै विहे गरेका थिए भन्दा फरक पर्दैन किनी उनिहरुले त्यहि सात फेरे लिएका थिए । त्यहि समयमा सारा खान अस्मीत पटेलसँग पनि घुलमील  थिईन् । अलि मर्चेन्टसँग ब्रेकअप भएपछि सारालाई तुरुन्तै अर्का नयाँ व्वायफ्रेन्ड पनि भेटिए ।

अकिंत गेरा
सपने सुहाने लडकपनकेका मयांक अकिंत गेराले आफुसँगै काम गर्ने रुपाल त्यागी र पुरानी गर्लफ्रेन्ड अदा खान दुवैतिर टाईम दिन भ्याउँथे । तर यो डवल रोलका कारण उनको साथमा  न रुपाल न अदा रहीन् । रुपाल ले एक अन्र्तवार्ताका क्रममा भनेकी थिईन् यदि अकिंतले अदासँग कुराकानी गरे भने उनलाई थप्पड हान्छु ।

Post Comment

Radio Audio Live