Radio Audio Program

Find us on Facebook

Updates

थाहापाई राख्नुहोस् ॐ उच्चारण गर्दा हुने १० फाइदा

हिन्दू धर्ममा जुनसुकै पूजा,मन्त्र उच्चारण, शुभकार्यको शुरुवात ॐ उच्चारण गरेपछि मात्रै शुरु गरिन्छ । यसको अलाबा बैज्ञानिकहरु पनि ॐ उच्चारण गर्दा निक्लने ध्वनीतरङ्गका बारेमा शोध गरी सकेका छन् र हुँदै छ पनि । ॐ उच्चारण पछि मन र दिमाग शान्त हुने प्रक्रियाका बारेमा हामी सबै जान्दछौं । तर ॐ को उच्चारणले तपाईंको कयौं विमारी पनि ठिक हुन सक्छ । तसर्थ यसबारे थाहापाउन पढ्नु होस् ॐ उच्चारणले हुने १० फाइदा ।

उपचार भन्दा पहिले औषधिको बारेमा जान्नु जरुरी छ । खासगरी ॐ शब्द अ–उ–र म अक्षर मिलेर बनेको हुन्छ । जसमा अ को अर्थ उत्पनन हुनु, उ को अर्थ उठ्नु अथवा उड्नु, विकास हुनु र म को अर्थ मौन हुन अर्थात् ब्रह्मलिन हुनु  । यसको असर मानसिक स्तरमा आधारित हुन्छ ।

१. पाचन – ॐ शब्दको शक्ति केवल मानसिक रोग ठिक गर्नमा मात्र सिमित छैन । यसले आन्तरिक रोग खासगरी पाचन क्रियामा सकारात्मक असर गर्दछ । यसले पाचन तन्त्रलाई सूचारु बनाई राख्छ ।

 

२.निद्रा – यदी तपाईलाई निद्रा नलाग्ने समस्या बढ्न थाल्यो भने ॐ शब्दको उच्चारण शुरु गर्नुहोस् केही बेरमै तपाईंलाई दिमाग शान्ति हुन्छ र निद्रा लाग्न शुरु हुन्छ ।

 

३.तनाब – मानसिक रोगको लागि त झन ॐ शब्दको उच्चारणले अचम्मको असर पु¥याउँछ । केही समय सम्म लगातार ॐ शब्दको गर्नाले तपाईंले पाउनु हुन्छ र तनाब हट्छ ।

 

४.चिडचिडापन– ॐ शब्दको उच्चारले मन र आत्मालाई शान्ति दिलाउँछ । जसका कारण चिडचिडापन हट्छ । जहाँ शान्ति हुन्छ त्यहाँ व्याकुलता,अशान्ति आफसे आफ हटेर जान्छ ।

 

५.थाइराइड– थाइराइड ग्रन्थीका कुनै प्रकारको समस्यालाई ॐ शब्दको उच्चारले धेरै फाइदा दिन्छ । यसले तपाईको स्वर र गलामा एक प्रकारको कम्पन पैदा गर्दछ जसको असर थाईराइडग्रन्थीमा सकारात्मक रुपले असर गर्दछ ।

 

६.रक्तसंचार – ॐ शब्दको उच्चार गर्नाले तपाईंको रक्तसंचारमा पनि सकारात्मक सन्तुलन कायम गरिदिन्छ । जसले गर्दा तपाईंलाई प्रेसर सम्बन्धी कुनै समस्याले दुःख दिँदैन ।

 

७.ताजापन – आलस्यलाई टाढा भगाउन ॐ शब्दको उच्चारणले मानसिक एवम् शारीरिक स्पूmर्ति दिन्छ । जब शरिरमा स्फुर्ति आउँछ भने शरिर जहिले पनि ताजापन आउँछ ।

 

८.थकाई– यदी तपाईं कुनै पनि प्रकारको कामका कारण थकान महसुस गरिरहनु भएको छ भने ॐ शब्दको उच्चारणले औषधीको काम गर्दछ । केही बेर आँखा बन्द गरेर ॐ शब्दको उच्चारण गर्नुहोस् आफसे आफ थकानको महसुस कम हुँदै जान्छ ।

 

९.आन्तरिक स्वास्थ्य– ॐ शब्दको उच्चारण गर्दा उत्पन्न हुने कम्पनको कारण शरिरको आन्तरिक अङ्गको स्वास्थ्यमा एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । हड्डी मजबुत बनाउनुका साथै अन्य कुराहरु सूचारु रुपले संचालन गर्नमा सहयोगी भूमिका निर्वाह गर्दछ । 

 

१०.श्वासप्रश्वास सम्बन्धी बाधा – प्रतिदिन ॐ शब्दको उच्चारण गर्नाले त्यस्ता मानिसहरुलाई फाइदा हुन्छ जसलाई श्वास प्रश्वास सम्बन्धी समस्याहरु छन् । दमको विरामीलाई पनि सहयोग पुग्छ । फोक्सो मजबुत हुन्छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live