Radio Audio Program

Find us on Facebook

Updates

तनाबबाट मुक्त हुने सुपरहिट उपाय ।

मङसीर १ काठमाण्डौ
तनाब र चिड चिडापनले मानिसको हरेक खुशीमा बाधा पु¥याई रहेको हुन्छ । यसबाट बच्नका लागि केही सरल तरिका छन् जुन तपाई सजिलैसँग अपनाउन सक्नु हुन्छ र फ्रेस र तजा रहन सक्नुहुन्छ । वैज्ञानिकहरुले पनि यस कुरालाई मोहर लगाई दिएका छन् । हावर्ड विश्वविद्यालयको एक शोधमा भनिएको छ । जो मानिसहरुले आफ्नो
घरमा ताजा फुल राखेका हुन्छन् । उनीहरु  ज्यादा खुशी र फुर्तिलो महसुस  गर्दछन् । अर्थात चिन्ता, आलस्य, तनाब उनिहरुबाट टाढा रहन्छ ।  तपाँई पनि यसका लागि गुलावको फुल सुँघ्न सक्नु हुन्छ । जसको वासनाले तपाईको मन र दिमागलाई शान्त गरि दिन्छ ।

सन २०१२ मा १२,००० मानिसमा गरिएको एक शोधमा यो नतिजा निक्लेको थियो । भिटामिन ‘डि’ को कमी हुने मानिस ज्यादा तनाबमा हुन्छन् । त्यसैले यदी तपाईंलाई धेरै तनाब महसुुुस हुन्छ भने तुरुन्त डाक्टरसँग सल्लाह लिन सक्नु हुन्छ । तपाईले खाने खानामा भिटामीन ‘डि’ को कमी छ भने भिटामिन ‘डि’ ले भरीपूर्ण चिजहरु खानुहोस् । २०१४ मा सनफ्रान्सिस्को स्टेट विश्वविद्यालयले शोधमा भनिएको छ महंगा चिजमा पैसा खर्च गर्नुको सट्टा नयाँ–नयाँ ठाउँमा घुम्ने, साथीसँग घुम्ने, पिकनिक जाने रमाईलो गर्ने र नयाँ अनुभवले खुशी र शान्ति महसुस हुन्छ । शोधमा यो पनि भनिएको छ कि दिनमा ४ भन्दा बढी गिलास सोडा पिउनेहरुमा डिप्रेशन हुने सम्भावना ३० प्रतिशत भन्दा बढी हुन्छ ।  त्यसका लागि तपाईं कोल्ड कफि या कोल्ड चिया पिउनु होस् ।

 
एक ब्रिटिस शोधमा २०–४० वर्ष उमेर भएका व्यक्ति जसले कसरत गर्छन् तिनीहरूमध्ये १६ प्रतिशतमा तनाब कम हुन्छ उनिहरु स्वस्थ  हुन्छन् । 
सन् २०१३ मा मिशिगन विश्वविद्यालयले एक शोध गरेको थियो जसमा भनिएको थियो जो मानिस बढी फेसबुक चलाउँछन् तिनीहरु सामान्य मानिस भन्दा बढीचिन्तित हुन्छन् । यसको कारण जब मानिसमा खुशी कम हुन्छ तिनीहरुमा तनाब बढी हुन्छ । तसर्थ तपाईं फेसबुक चलाउन कम गरेर त्यो समयमा  योगा गर्नुहोस् । योगा गर्न थाले पछि तनाब आफै कम हुँदै जान्छ । योगा तनाब मुक्त गर्ने रामबाण औषधि हो । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live