Radio Audio Program

Find us on Facebook

Updates

बलिउड स्टारका बचपनका रमाईला किस्सा ।

कार्तिक ३०, काठमाण्डौ
बेलायती उपनिवेषबाट स्वतन्त्र भएपछि भारतमा पहिलो प्रधानमन्त्रीका रुपमा पण्डित जवाहरलाल नेहरु नियुक्त भए त्यसै उपलक्ष्यमा हरेक वर्ष उनको जन्म दिनलाई बाल दिवसको रुपमा मान्ने गर्दछन् । यस पटकको बाल दिवसमा सामान्य मानिस झैं बलिउडका चर्चित नायक नायिकाहरुले आप्mना बचपनका कुरा सेयर गरेका थिए ।  उनीहरुका अनुसार बचपनमा आफुले गरेका केहि कामहरु  कहिल्यै भूल्न नसक्ने पनि बताए । यही मौकामा केही यस्ता कलाकारहरु भेटिए जस्ले आप्mनो अतितलाई सम्झँदै यसो भने–

 

आमाले भन्नु हुन्थ्यो एक दिन तिमि ठूलो कलाकार बन्ने छौ – शाहरुख खान
शाहरुख खान भन्छन्– "सानोमा गरेका कामको जिन्दगीभर सम्झना हुन्छ । खासगरी त्यस्ता मानिसका लागि जसको कम उमेरमा आमा या बाबुसँग अलग हुनुपरेको अवस्था आउँछ । कारण आमा बाबुको स्याहार सुसार पाउने उमेरमा यस्तो समस्या आएपछि त्यहाँ भन्दा दुःख कहाँ र कस्ले भोग्छ र ? ठीक त्यस्तै मेरो जीवनमा पनि परेको छ । मेरो बुवा एकदम चिटिक्क भएर हिड्नु हुन्थ्यो । म वहाँसँगै घुम्ने फिर्ने गर्थें । त्यतिबेला मैले देख्थ, मेरो बुवाको व्यक्तित्व देखेर मान्छेहरु यति प्रभावित हुन्थे कि एकपटक फेरी फर्केर हेर्थे । म आप्mनो बुवा जस्तो चिटिक्क भएर त हिँड्न सक्दिनथें तर मलाई सानैदेखि नायक अथवा कलाकार बन्ने रहर भने थियो । म आमाको साथमा रहँदा बस्दा अनेक किसिमका क्रियाकलापहरु गरि रहन्थे । मेरो चन्चलेपन, म मा देखिएको त्यस किसिमको क्रियाकलाप, बालापन देखेर आमाले भन्नु हुन्थ्यो तिमी एक दिन ठूलो कलाकार बन्ने छौ । साँच्चिकै मलाई समयले यो स्थानमा पु¥यायो । आमा साथमा नभएको यो क्षणलाई सम्झन्छु यदि आमा जिउँदै भएको भए कति खुशी हुनुहुन्थ्यो होला र भन्नु हुन्थ्यो होला सानैदेखि नौटंकी गर्ने छोरो आज साच्चिकै स्टार बन्यो ।"

अझै पनि खाइन्छ आमाको थप्पड – सलमान खान
सलमान खान भन्छन् -"म सानो छँदा जति सोझो थिएँ मेरा दुई भाई अरबाज र सोहेल त्यतिनै बदमास थिए । यही कारण थियो कि जब हामी तिनै जनाको तर्फबाट कुनै मस्ती हुन्थ्यो भने पिटाई मैले खानु पथ्र्यो । किनकी यी दुवै बाबा आमा आउनासाथ भागी सकेका हुन्थे । पिटाई खानेमा म पर्थें । म माथि अन्याय हुन्थ्यो । त्यो कुरा म अहिले पनि बिर्सन सक्दिन । आमाको पिटाईले मलाई कुनै फरक पर्दैनथ्यो । आमाले पिटे पनि मेरो बानी उस्तै थियो म सोझो नै थिए । एक पटक खेल्दा खेल्दै भाई सोहेललाई टाउकोमा चोट लाग्यो । चोटपछि धेरै रगत बग्न थाल्यो । यो देखेर अरबाजको श्वास नै रोकिन लाग्यो । मलाई फेरी अर्को टेन्सन थियो सोहेललाई लागेको चोट भन्दा आमाको पिटाई कति खाइने हो भन्ने । तर सोहेलले चलाखीका साथ भन्यो कि खेल्दा खेल्दै अचानक लडेर यस्तो भएको हो दाजुहरुको कुनै दोस छैन । त्यतिबेला त आमाको पिटाईबाट बचियो । आज म ठूलो भई सकें तर पनि गल्ती गरियो भयो भने आमाको पिटाई खाइन्छ । आमाको पिटाई अझै पनि राम्रो लाग्छ र त्यतिबेला पनि राम्रो नै लाग्थ्यो । किनकी त्यो पिटाईले आजसम्म मलाई गलत काम गर्नबाट सचेत गराई रहेकोछ । झकझकाई रहेको छ । कुनै काम थाल्दा गल्ती भएर आमाको पिटाई खाइन्छ की भन्ने लाग्छ ।"


बहिनीको जन्म हुँदा आफै आमा भएजस्तो लागेको थियो – दीपिका पादुकोण
दीपिका भन्छिन्– "सानो छँदा म सारै चकचके थिएँ । मलाई सम्हाल्न आमालाई  धौ धौ हुन्थ्यो । जब घरमा म एक सोफाबाट अर्को सोफा गर्दै दौडन्थें आमाले मलाई समातेर राख्नु पर्ने अवस्थामा आउँथ्यो । किनकी आमाको हातबाट फुत्के पछि म फेरी उटपट्याङ गर्न थाली हाल्थें । यो प्रक्रिया चार–पाँच बर्षसम्म चलिरह्यो । त्यतिबेला आमा सुत्केरी हुने वाला हुनुहुन्थ्यो । यो कुरालाई लिएर म एकदमै उत्सुक थिएँ भाई जन्मने हो कि बहिनी सोचि रहन्थे मनमा अनेक कुरा खेली रहन्थ्यो । जब बहिनी अनिषाको जन्म भयो । त्यसपछि मेरो बानी व्यहोरा एक्कासी परिवर्तन भयो । म आफै सतर्क हुन थालें सम्हालिन थालें । त्यतिबेला मलाई लाग्यो कि म नै त्यो बच्चाको आमा हुँ कारण थियो खुशी अनि केही जिम्मेवारी थपिए जस्तो । त्यो कुरा म कहिल्यै पनि विर्सन सक्दिन ।

सानो छँदा म असाध्यै चक चके थिएँ – करिना कपूर खान
करीना कपूर खान भन्छिन् "म सानो छँदा एकदम चकचके स्वभावकी थिएँ ।  घरमा सबैभन्दा सानो मनै थिएँ र सबैले मलाई माया गर्थे । त्यसमाथि पनि हजुरबुबाले त झनै बढी । म कसैले भनेको मान्दिनथें । मलाई अभिनय गर्ने सोख सानैदेखि थियो । सायद यो पारिवारिक गुण पनि हुन सक्छ । त्यतिबेला म श्रीदेविलाई साह«ै मन पराउँथें । मौका मिल्ना साथ सारी लगाएर श्रीदेवीले झैं नाचेको अभिनय गर्थें, नाच्थें र ऐनामा हेर्थें  पनि । मलाई श्रीदेवी अतिनै मन पथ्र्यो शशीकपूर लगायत विभिन्न कलाकारहरुसँग अभिनय गरेको र उनीहरुले बोलेको भनेको डायलगलाई जस्ताको तस्तै भन्ने प्रयास गर्दथें । त्यतिबेला आमाले भन्नु हुन्थ्यो पहिला पढ अनि पछि कलाकार । आमाले त्यसरी सम्झाएको अझै पनि म विर्सन सक्दिन ।"

गुरुको प्रेममा थिए - अक्षय कुमार 
"सानैदेखि म कुनै कुराको चिन्ता नलिने खुला हृदय भएको व्यक्ति थिएँ । मलाई लाग्छ स्कूल जीवनमा मेरो सबै गुरुहरुसँगको सम्बन्ध राम्रो थियो । मलाई गुरुहरु अतिनै राम्रा लाग्थ्यो । यही कुरा एक पटक मैले मेरा मिल्ने साथीलाई भने । तर केही समय पछि उसको र मेरो झगडा भयो । त्यही बेलामा त्यो साथीले बदला लिने हिसाबले गुरुलाई भन्दियो कि गुरु तपाईंलाई उसले ‘आइ लभ यू’ भन्छ । ति गुरु चाहिँ देख्नमा निकै राम्री थिईन् तर  व्यहोरा निकै दुष्ट रहेछ । साथीको कुरा सुन्ने बित्तिकै रातोपिरो भएर । कक्षा कोठामा पुग्ने बित्तिकै उनले मलाई सोधीन् के तिमीले मलाई ‘आइ लभ यू’ भन्ने कुरा गरेका थियौ ? मैले भने हो । त्यसपछि ति गुरुले मेरा मुलायम गालामा यस्तो थप्पड हानीन् कि अझै पनि त्यो थप्पडको आवाज मेरो कानमा गुन्जन्छ ।"

आज पनि सम्झन्छन् बाबाले दिएको साइकल– अभिताभ बच्चन
अभिताभ बच्चन भन्छन् – "म सानैदेखि उपहार भनेपछि हुरुक्कै हुन्थे । कसैले मलाई केही उपहार दिइ हाल्छ कि भन्ने आश लाग्थ्यो । कसैले उपहार दियो भने के रहेछ भनेर खोलेर हेर्न हतार हुन्थ्र्यो । यहाँ सम्मकी जन्म दिनको अबसरमा मलाई मेरो बाबा आमा लगायत धेरै आफन्त, इष्टमित्रहरुले धेरै उपहार ल्याइदिए हुन्थ्यो झैं लाग्थ्यो  । एकपटक  प्राप्त गरेको उपाहरले त मलाई संसारकै ठूला मान्छेहरुमा म पनि परें कि झैं लागेको थियो । त्यो उपहार थियो बाबाले दिएको साइकल । साइकल उपहार पाएर म यति खुशी थिएँ कि मलाई त महँगा महँगा कार पाए भन्दा पनि बढीे लागेको थियो  । बाबाले साइकल उपहार दिए पछि मलाई साइकल देखि टाढा बस्न मनै लाग्न छोडेको थियो । लाग्थ्यो नजिकै बसेर त्यसैलाई हेरि रहुँ । सुत्दा खेरि पनि सिरानीको नजिकै राखेर सुत्दथें र उठ्नासाथ सफा गर्न थाल्दथें । मेरो साइकलपे्रम परिवारको सदस्यहरुको टाउको दुखाईको विषय बनि सकेको थियो । किनकी म जुनसुकै बेलापनि  त्यहि साईकलसँगै हुन्थे । आज पनि मलाई बाबाले दिएको त्यो साइकलको सम्झना आइरहन्छ ।"

बाथरुममा बाल्टी उल्टो पारेर भाषण गर्न सिक्थें – सुष्मिता सेन

सुष्मिता सेन भन्छिन् – म सानो छँदा साह«ै खराब देखिन्थें । एकदम दुब्लो पातलो थिएँ  । तर मेरा सपनाहरुले भने आकाश चुमेका हुन्थे । ति दिनहरुमा जब म टिभिमा मिस इण्डियाको प्रतियोगिता जित्ने छु र खुब राम्रो ताज पहिरीने छु त्यसक्रममा म कसरी बोल्ने भनेर बाथरुममा छिरेर बाल्टिलाई उल्टो पारी भाषण दिन थाल्थें । ‘लेडिज एण्ड जेण्टिल मेन’ भन्दै.....। बाथरुमा जानुको कारण कसैले थाहा नपाओस् भन्ने पनि थियो र लाजले पनि ।  यो मेरो बचपनको सपना थियो जुन पछि यथार्थमा परिणत भयो पनि । म सानोमा साधारण देखिन्थें तर मेरो सोच भने जहिले पनि आकाश छुने नै हुन्थ्यो। सानो हुँदाको सपनाले मेरो सपना पूरा भयो । भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय भनेर त्यस्तै सावित भयो । म मिस यूनिभर्स पनि भएँ । अहिले ति दिनहरु सम्झन्छु जब घरकै सदस्यसँग लाज मानेर बाथरुममा बाल्टी उल्टो पारेर ऐना हेर्दैै बोल्ने, भाषण गर्ने म यहाँसम्म पुगें जहाँ पुग्न सकें र सोचेको कुरा हासिल गर्न सकें ।

आमाको साडी लगाएर गर्थें प्रयास– विद्या बालन
विद्या बालन भन्छिन् – "जब हामी सानो हुन्छौ त्यतिबेला ठूलो हुने इच्छा राख्छौं । तर जब ठूलो भयौं अनि भन्छौ, वा ,फेरी ति दिनमा फर्कन पाए हुन्थ्यो । जब म सानी थिएँ त्यतिबेला देखिनै मलाई साडी लगाउने ठूलो सोख थियो । जब आमाले नयाँ साडी लगाउनु हुन्थ्यो तब म पनि लगाउने कोशिश गरी हाल्थें । त्यही क्रममा केही फोटोहरु पनि खिचिएका थिए । सानै छँदा सिफनको पहेंलो साडी पहिरिँदा म ज्यादै राम्री देखिन्थे रे । मैले मनमनै सोच्थें कि म पनि ठूलो भए पछि आमाले झैं फेरि फेरि नया रङ रङका साडी लगाउने छु । त्यसै गरी मलाई विभिन्न प्रकारका खेल खेल्न मन लाग्थ्यो । लुकी लुकी भए पनि मेरा साथीहरुसँग मिलेर म विभिन्न खेल खेल्थें रमाईलो लाग्थ्यो । आँखा बन्द गरेर एक पटकमा एक जना हटाउने खेल खेल्न सबैभन्दा रमाईलो लाग्थ्यो । मलाई लाग्थ्यो यस्तो खेलमा म सबैलाई जित्न सकूँ । यस्तै यस्तै सानोमा गरेका धेरै जसो कामको खुबै सम्झना आइरहन्छ । सम्झँदा मनमा खुशी लागेर आउँछ । कहिले काहिँ त म यस्तै सोच्दा सोच्दै सोचमै हराउँछु ।"

बाबाले सिकाउनु भयो साइकल –ऋतिक रोशन
ऋतिक रोशन भन्छन् –"सबैलाई झैं मलाई पनि मेरो बचपनले सताइरहेको हुन्छ । कहिले काहिँ त लाग्छ म अझैपनि बच्चा नै छु कि क्या हो । बचपन भनेको कच्चा माटो हो त्यसलाई कुमालेले जस्तो चाह्यो त्यस्तो आकारमा ढाल्न सक्छ । यस्तो हामी पनि भन्छौं र बच्चालाई  पनि सम्झाउँछौं । मलाई याद छ जब म सानो छँदा बाबाको साथ साईकल सिकि रहेको थिएँ । त्यसक्रममा मलाई लाग्थ्यो कि म कहिल्यै साइकल चलाएर हिड्न सक्दिन किनकी म साइकल सिक्ने बेलामा धेरै पटक लडेको थिएँ । त्यस क्रममा बाबाले भन्नु भयो तिमी हरेश नखाउ म तिमिलाई एक हप्ता भित्र साइकल सिकाइ दिन्छु । मलाई लाग्यो जब यत्तिका दिन कोशिश गर्दा सिक्न सकिन भने अब एक हप्तामा के सिकौंला र खोइ ? फेरी दोश्रो दिन म बाबाको साथ साइकल सिक्न निस्कें । मेरो भिक्रि मनमा आत्मविश्वास आयो । त्यसपछि बाबाले मलाई ब्यालेन्स गर्न सिकाउनु भयो । तेश्रो दिन साइकल समात्न र टाढा हेर्दै ब्यालेन्स गर्न सिक बाबाले भनेझै गर्दा गर्दा साइकल अगाडी बढी सकेको रहेछ । बुवाले पनि छोडी सक्नु भएको रहेछ मैले थाहानै पाइन कतिबेला छोड्नु भयो । म धेरै अगाडि गई सकेको थिएँ । त्यस पछि मलाई कसैको सहाराको आवश्यक  परेन म फरफेक्ट भए । आजपनि कुनै बच्चाले साइकल डो¥याएको,चलाएको देखें भने पनि मलाई बाबाले साईकल सिकाउँदाको क्षणको सम्झना आइरहन्छ ।"

‘सरकाइलो खटिया’ भन्ने गीतमा नाचेको – रणवीर सिंह
रणवीर सिंह भन्छन्– "बचपनमा मेरो मनमा अभिनय गर्ने इच्छा खुबै थियो । मलाई गोविन्दाको नाच असाध्यै मन पथ्र्यो । उनले नाचेका गीतहरुमा म पनि जबरजस्ती उफ्रन्थें । म उफ्रेको हेर्न मेरो हजुरआमा खुबै मन पराउनु हुन्थ्यो । पार्टीहरुमा जाँदा गीत बजेको सुने भने म नाच्न शुरु गरि हाल्थें । एक पटक अचम्म भयो , गुरु पूर्णिमाको दिन थियो त्यो दिन कार्यक्रम फिक्स भएको थियो म त्यसबेला मैले गोविन्दाको झै रातो पाइन्ट र सुन्तला कलरको सर्ट लगाएर आएको थिएँ ।  मलाई पनि नाच्न भनियो । मेरो पालो, मैले पनि ‘सरकाइलो खटिया....’ भन्ने गीतमा नाचें यो देखेर गुरुलाई रिस उठेछ । यस्तो पनि कुनै नाच हुन्छ भन्दै हेड गुरु रिसाउनु भयो र मेरो लागि छुट्टै क्लास लिनु भयो । उक्त दिनको मेरो भद्दा नाच देखेर मलाई निकै कडा मेहनतका साथ सिकाउनु भयो बल्ल मेरो होश ठेगानमा आयो । यस क्रममा मैले धेरै सजाय पनि भोगें तर पनि मेरो मनबाट गोविन्दाप्रतिको मोह छुट्न सकेन र ध्यानपूर्वक मैले नाच्न सिकें जसले गर्दा आज मलाई यो ठाउँमा ल्याइपु¥यायो । तसर्थ बचपनका ति दिनलाई म बिर्सन सक्दिन् किनकी यो ठाउँमा ल्याई पु¥याउने यात्रा त्यहीबाट शुरु भएको थियो । त्यसैले नै आज मलाई रणवीर सिंह भनेर चिनाएको छ ।"

नक्कल गर्ने क्षमताले बनायो मलाई चर्चित – जोनी लिवर
जोनी लिवर भन्छन्–" मेरो बचपन बडो रमाइलो थियो । यसै त म कालो होचो पुड्को हेर्दैमा कार्टुन लाग्ने मान्छे त्यसमाथि पनि मेरा क्रियाकलापहरु यस्ता रमाइला थिए कि भनी साध्यै छैन । होचो, कालो, चन्चले हुनाको कारण पनि म सबको आकर्षणमा पर्ने कलाकार थिएँ । यसको अर्को कारण थियो म मानिसहरुको हुबहु नक्कल गरिदिन्थें । जसका कारण मैले कयौं पटक त पिटाई पनि खाएको छु । किनकी उ जस्तो बोल्छ म त्यस्तै गरिबोली दिन्थे । जसरी हाँस्छ त्यसरी हाँसि दिन्थे । जसरी हिँड्छ त्यसै गरी हिँडि दिन्थे । अझै रमाईलो पक्ष त के थियो भने जसको नक्कल गरी रहेको छु पहिला उ आफैँ हाँस्ने तर अरु हाँस्न थालेपछि अनि मलाई पिट्न भनेर लखेट्ने । मेरो यस्तो बानी देखेर कति रमाउँथे, कति रिसाउँथे । मानिसलाई जिस्काउनु त मेरो फेशन जस्तै भई सकेको थियो । एक पटक गणपति उत्सब भई रहेको थियो त्यस बेलामा मेरा हरेक क्रियाकलाप त्यहाँका मानिसहरूलाई मन परेछ । त्यसपछि मलाई कयौं स्टेज कार्यक्रमहरूमा सहभागी भई दिन अनुरोध गरे र म भ्याएसम्म सबै ठाउँमा गाह्र«ो नमानी जाने गर्थें । पहिलो पल्ट स्टेजमा भाग लिँदा म ८ वर्षको थिएँ । यहाँ सम्मकि आयोजकलाई माइक फिट गर्न पनि समय लाग्थ्यो मेरो उचाइको कारण । जब कार्यक्रम शुरु हुन्थ्यो सब पेट मिचिमिचि हाँस्न थाल्थे त्यही क्रम बढ्दै जाँदा आज म हिरो (चर्चित  भएँ । जसको नक्कल ग¥यो पहिला उही हाँस्ने पछि उसैले लखेटेको क्षण अझै मलाई सम्झना आईरहन्छ ।" 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live