Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
महिलाहरुले लगाउने सोह्र श्रृङ्गार भित्रपर्ने १६ कुराहरु ।
कुनै पनि महिलाको लागि सोह्र श्रङ्गारको विशेष महत्व छ । खास अवसरमा आज पनि महिलाहरु १६ श्रङ्गारको उपयोग गर्दछन् । शास्त्रका अनुसार सोह्र श्रङ्गार गरेका स्त्रीलाई लक्ष्मीको स्वरुप मान्दछन् । यदी घरबाट बाहिर निस्कँदाको समयमा कुनै महिला सोह्र श्रङ्गारमा सजिएको देखियो भने लक्ष्मीको कृपा प्राप्त हुने शुभ साइत मानिन्छ । परावूर्वकाल देखि नै महिलालाई घरपरिवारको मानप्रतिष्ठाको प्रतिक मानिदै आएको छ ।यो कुरालाई कसैले नकार्न सक्दैन । जसलाई हाम्रो संस्कृति चाडबाड र घरमा हुने कुनै शुभकार्यहरुमा महिलाहरुको सहभागिता एवम् प्राथमिकतालाई हेर्दा पनि सजिलै थाहापाउन सकिन्छ । हाम्रा धार्मिक ग्रन्थलाई अध्ययन गर्दा पनि कहिँ कतै महिलाको उपेक्षा गरिएको पाइँदैन ।
सोह्र श्रङ्गारबाट मिल्छ लक्ष्मीको कृपा
शास्त्रका अनुसार जुन महिला यो सोह्र श्रङ्गारलाई धारणा गर्छिन् उनको घरमा धन–धान्यको कुनै कमी हुँदैन यस्ता महिलामा स्वयं महालक्ष्मीको कृपा रहन्छ । सोह्र श्रङ्गार गर्ने महिलाको परिवार सदैव खुशी रहन्छ ।
१.विन्दी : महिलाको लागि विन्दीया लगाउनु अनिवार्य हो । शास्त्रका अनुसार विन्दीलाई घरपरिवारको सुख समृद्धीको प्रतिक मानिन्छ । टाउकोमा जहाँ विन्दी लगाईन्छ त्यहाँ आज्ञा चक्र हुन्छ । यसको सम्बन्ध मनसँग हुन्छ । यहाँ विन्दी लगाउनाले मनमा एकाग्रता बनी रहन्छ ।
२.सिन्दूर : सिन्दूरलाई कुनै पनि महिला विवाहित हो या अविवाहित भनेर छुट्याउने चिन्हको रुपमा लिइन्छ । परम्परागत मान्यता अनुसार सिन्दूर लगाउनाले श्रीमान्को आयू वृद्धि हुन्छ । टाउको जहाँ सिन्दूरले भरिन्छ त्यहाँ मस्तिष्कको महत्वपूर्ण ग्रन्थी हुन्छ । जसलाई ब्रह्मरन्ध्र भनिन्छ । यो ग्रन्थी एकदमै संवेदनशील हुन्छ । यस स्थानमा सिन्दूर पारा धातु हुन्छ । जस्ले ब्रम्हरन्ध्रको लागि औषधिको झैं काम गर्छ ।
३.चुल्ठोमा फुलको गुच्छा : फूलको गुच्छा पनि अनिवार्य श्रङ्गारमानिन्छ । यसलाई कपालमा लगाइन्छ ।
४.टिका : विवाहित महिलाको टाउकोको बीच भागमा जुन गहना लगाइन्छ । उसलाई टिका भनिन्छ । यो गहना सुन या चाँदि दुवैको हुन सक्छ ।
५.गाजल : हरेक महिला आँखाको सुन्दरता बढाउनको लागि गाजल लगाउँछन् । गाजल लगाउनाले महिलाहरूलाई कसैले नराम्रो दृष्टिले हेर्न सक्दैन कसैको खराब दृष्टि पर्दैन भन्ने धार्मिक विश्वास छ । गाजल लगाउनाले आँखा सम्बन्धी अनेक रोगबाट बचाउँछ पनि भनिएको छ ।
६.मेहन्दी : महिलाको लागि मेहन्दी अनिवार्य श्रङ्गार मानिन्छ । माङ्गलिक कार्यका क्रममा महिलाहरु हात र खुट्टामा मेहन्दी लगाउँछन् । विवाह पछि हातमा जति लामो समय मेहन्दी बस्छ त्यत्ति उसको श्रीमान्ले धेरै माया प्रेम गर्छ भन्ने विश्वास गर्छ भनिन्छ । मेहन्दी लगाउनाले छाला सम्बन्धी कयौ रोगलाई पनि औषधिको काम गर्छ ।
७. मङ्गलसुत्र : महिलाले हारर मङ्गलसुत्र विवाह पछि अनिवार्य रुपले लगाउने परम्परा छ । मंगलसुत्रमा हुने कालो मोतिको प्रभावले महिलालाई कसैले कुदृष्टिले हेर्न नसक्ने विश्वास छ ।
८. रातो रङको कपडा : महिलाहरुले विवाहको समयमा जुन रातोकपडा लगाएका हुन्छन् त्यो पनि अनिवार्य श्रृङ्गार हो । यसमा रातो रङ हुनु अनिवार्य छ र ओड्ने पछ्यौरा, चोलो आदि पनि समावेश हुनु पर्छ ।
९.पोते सहितको तिलहरी : हार र मङ्गलसुत्रका साथै अझै महत्वपूर्ण मानिने पोते जुन तिलहरी सहितको हुन्छ । तर आजकल विवाहको अवसरमा रातो प्रयोग गरिए पनि विवाह पश्चात हरियो रङको पोतेमा तिलहरी राखी लगाउने चलन छ ।
१०.चुरा(कंगन): विवाहित महिलाले सकेसम्म सुनको नभए चाँदीकै भएपनि चुरा हातमा लगाउनु अनिवार्य जत्तिकै छ । यो गहना महिलाको शरीरसँग लगातार स्पर्श हुन्छ । लगातार स्पर्श हुने भएकोले र चलि रहने भएकोले त्यसको प्रभाव शरीरमा सकारात्मक पर्ने विश्वास छ ।
११.फुली : महिलाको लागि नाकमा फुली हुनु अनिवार्य छ । श्रृङ्गार अन्तर्गत पर्दछ । पूmली लगाउनाले महिला सुन्दरता थपिन्छ भनिन्छ । नाक छेड्नाले महिलाको लागि स्वास्थ्यमा समेत प्रभाव पर्दछ । यसलाई अकुपन्चरको एक विधि पनि मानिन्छ ।
१२.टप : नाकमा जस्तै कानमा पनि गहना लगाउनु श्रृङ्गारको लागि अनिवार्य मानिन्छ विवाहित महिलाको लागि चाहे सुनको होस् या चाँदीको गहना अनिवार्य मानिन्छ । यसलाई अकुपन्चरको एक विधि पनि मानिन्छ ।
१३.चुरा : महिलाको लागि चुरा अनिवार्य गहना हो त्यस माथि पनि विवाहित महिलाको लागि अझै श्रृङ्गार मध्ये प्रमुख गहना नै मानिन्छ । यसको घर्षणले शरिरलाई र आवाजले घरभित्रको वातावरणमा समेत सकारात्मक प्रभाव पार्दछ भनिन्छ ।
१४.औंठी : जसरी विवाहित महिलाको हातमा चुरा, गलामा पोते र हार लगाएको हुन्छ हातका औंलामा औंठी लगाउनु पनि अनिवार्य छ । यसले श्रृङ्गारको एउटा महत्वपूर्ण स्थान राख्दछ ।
१५.कन्दानी : पहिले पहिले हातमा चुरा, नाकमा फुली, गलामा हार र खुट्टामा पाउजु लगाए जस्तै कम्मरमा कन्दानी पनि लगाउने चलन थियो आजकल यसको प्रयोग हराई सकेको छ । गणनाको हिसाबमा मात्रै यसलाई सम्झने गरिएको छ ।
१६.पाउजु : हातमा चुरा र गलामा हारले शोभा दिएझैंं खुट्टामा पाउजु लगाउनाले खुट्टाको शोभा बढाउँछ भने पाउजुको आवाजले घर भित्रको वातावरणमा प्रभाव पार्छ भने शरीरमा त्यसको घर्षणले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment