Radio Audio Program

Find us on Facebook

Updates

लगातार १२४ घण्टा नाचेर विश्वकिर्तीमान राख्ने विचार ।


 मङसीर काठमाण्डौ
 
लगातार १२४ घण्टा नाचेर विश्वकीर्तिमान राख्ने सपना बोकेर मञ्चमा उत्रेकी काशीकी एक युवती सोनी चौरसियाको पाईला विस्तारै विस्तारै कीर्तिमानी हासिल गर्ने तर्फ बढी रहेको 
छ ।

नाचको बीचमा एकदमै छोटो समयको ब्रेकको क्रममा सोनीले बताइन कि उनले भजनहरुमा नाच्दा शरिरमा आन्तरिक उर्जा मिल्छ । जसको कारण उनलाई थकाईको महसुस नै हुँदैन ।
 
१२४ घण्टा लगातार नाचेको रेकर्ड स्थापित गर्न लागेकी सोनीलाई दोश्रो दिन यो समाचार तयार गर्दाको समयमा उनको अभियानले ४० घण्टाको दुरी पार गरि सकेको थियो । तैपनि उनले नाच्न छोडेकी थिइनन् । यस क्रममा आयोजकका तर्फबाट गिनेजबुक अफ वल्र्ड रेकर्ड टिमलाई सो कुराको जानकारी गराई रहेका थिए ।

बनारसको बिबि हटिया निवासी सोनीले यस अघि केरलाकी हेमलताले लगातार १२३ घण्टा १५ मिनेट नाच गरी बनाएको रेकर्डलाई तोड्ने सङ्कल्प गरेकी छन् । यस क्रममा उनले विभिन्न खालका गीत, भजन, टुक्डा आदिमा नाच गरि रहेकी छन् ।  
 
पुरा
 स्फुर्तीका साथ जहाँ उनले नाच प्रस्तुत गरी रहेकी छन् भने दर्शकहरुले बीच–बीचमा ताली बजाएर उनको हौसला बढाई रहेका छन् । प्रशंसकहरु आउने जाने क्रम जारी छ । पर्यवेक्षकहरुको टीमले यो कुराको निगरानी गरी रहेका छन् ।

हरेक चार घण्टामा उनलाई २० मिनेटको ब्रेक दिने भनिएता पनि कहिले १० मिनेट कहिले १५ मिनेटमात्र ब्रेक लिएर पनि उनले पुरै उत्साहका साथ नाच देखाई रहेकी छन् ।
 
पाँच मिनेटको लागि रोक्न पर्यो नाच
मिडियाका अनुसार डा.अनामिका सिंह र डा.सरोज उपाध्यायका अनुसार चार–चार घण्टाको बिचमा स्वास्थ सम्बन्धी जानकारी लिनको लागि आइतबार विहान पाँच मिनेटको लागि सोनीको नाच रोक्नु प¥यो ।  यसपछि डायटिशियनको सुझाव अनुसार पेय पदार्थको मात्र कम गरियो । यसपछि सोनीले पुरा चार घण्टा पछि मात्र ब्रेक लिएकी थिइन् ।

पेय पदार्थ, टुसा पलाएको चना र मेथीको सहारा
यस क्रममा विश्वकीर्तिमानको तर्फ लागि परेकी सोनीको स्वास्थको विशेष ख्याल राख्दै एक टोलीले समय समयमा उनको स्वास्थ चेक गरि रहेको छ । स्केटिङ मेनेजर राजेश डोगराका अनुसार चार–चार घण्टामा उनलाई नरिवलको पानी, टुसा पलाएको चना, मेथी, काँचो पनिर, मह खान दिइरहेको छ । हरेक अन्तरालमा डाक्टरले उनको स्वास्थ परिक्षण गरि रहेको छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live