Radio Audio Program

Find us on Facebook

Updates

​युट्युवबाट यसरी पठाउनुहोस् गोप्य खबर ।

मंसिर, काठमाण्डौ । यूट्युुब भिडियो लागि सबैभन्दा सजिलो माध्ययम हो जहाँ हामी भिडियोहरु हेर्न सक्छौ । यसमा दैनिक कयौं च्यानलहरुबाट  भिडियो अपलोड हुन्छन् । यूटुबले आफ्नो साइटमा कयौं परिवर्तन गर्यो । अब गूगल प्लसको कारण पनि कसैको भिडियोमा कमेन्ट गर्न सकिन्छ । युट्युबका कुनैपनि च्यानललाईहामी आफ्नो गोप्य सन्देस पठाउन सक्छौ  भन्ने कुरा कुरा धेरै जसो प्रयोग कर्ताहरुलाई थाहा छैन होला  । थाहा पाई राख्नुहोस् कसरी पठाउन सकिन्छ यूट्युबबाट म्यासेज ।

१. च्यानल रोजेर खोजी  गर्नुहोस्
यदि तपाई कसैलाई व्यक्तिगत खबर पठाउन चाहानुहुन्छ भने  सबैभन्दा पहिले तपाई त्यो च्यानललाई खोल्नु होस् । यसको लागि तपाई त्यो च्यानलको पेजमा जानुहोस् र त्यहाँ क्लिक गर्नुहोस् । क्लिक गर्ने वित्तिकै सब्सक्राइब्ड लेखेको आउँछ । यस पछि यो च्यानल तपाईको सामु आउने छ ।

२. अब अप्सन सेलेक्ट गर्नु होस्
च्यानल रोजे पछि त्यो च्यानलको पेजमा जानुहोस त्यहाँ एबाउट अप्सन आउँछ । त्यसलाई सेलेक्ट गर्नुहोस् । त्यसको मुनी सेन्ड मेसेजको फिचर आउँछ त्यसमा क्लिक गर्नु होस् र आफ्नो खबर पठाउनु होस् ।  किनकी यसमा एक इमेज कोड आउँछ सो कोडलाई तपाईंले लेख्नुपर्छ । यो कुनै खतराबाट बच्नको लागि हो ।

३. यसरी पढ्नु होस् आफ्नो व्यक्तिगत खबर
व्यक्तिगत समाचार पठाउना साथ तपाई आफ्नोे इनबक्सको व्यक्तिगत खबर पनि पढ्न सक्नु हुन्छ । यसलाई यूटुव डट कम स्ल्यास म्यासेज मा गएर पनि पढ्न सकिन्छ । व्यक्तिगत खबरमा आउनासाथ गुगल एकाउण्ट को नोटिफिकेशन आइकन बाट पनि थाहा पाउन सकिन्छ ।


नोट : यो सेवा मोवाईलमा भने छैन । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live