Radio Audio Program

Find us on Facebook

Updates

यी दुई चर्चित कलाकारको लागि ‘लकि चार्म’ हुन काजोल

साउन ,काठमाण्डौ
काजोल नायीकाहरू मध्येमा यस्ती हुन जो ठूलो पर्दाबाट धेरै समयका लागि अलग रहिन र जब फर्किन आप्mनो जादु बिर्सिन । तर काजोलको सफलता उनका लागि मात्र होइन अरु लागि पनि भाग्य नै सावित भयो ।
काजोल करण जौहरको लागि पनि लकी चार्म नै बनिन् । करणको धेरै जसो चर्चित फिल्ममा काजोलको मुख्य भुमिका  रहेको छ ।
करण जौहरले एक अन्तरवार्तामा भनेका थिएकि उनकी पुरानी साथी एवम् नायिका काजोल उनको लागि लकी चार्म नै हुन् यसको  कारण करणका जुन फिल्ममा काजोल छन् ति सबै हिट नै छन् ।

करण जौहरले निर्देशन गरेको फिल्म‘कुछकुछ होता है’, ’कभी खुशी कभी गम’ र ’माई नेम इस खान’ मा काजोल थिईन् र  ति सबै फिल्म पनि चर्चित भए ।
यहि कारण होकी करणले आफ्नो
फिल्म ’स्टूडेंट अफ द ईयर’ को ’डिस्को’ गितमा काजोललाई समावेश गरेका थिए ।


करणको अलावा काजोल शाहरुख खानका लागि पनि लकी चार्म बनिन भन्दा फरक पर्दैन । किनकी शाहरुख र काजोलको जोडी बलिउड उद्योगमा सबैभन्दा बढि हिट भएको छ । 
चाहे कुरा ’बाजीगर’ को होस् या ’दिल वाले दुल्हनियां ले जाएंगे’ को होस् ।अहिले केहि बर्षको ग्यापपछि फेरी शाहरुख र काजोल फिल्म‘दिलवाले’मा साथ देखिँदै छन् ।  दर्शकलाई पनि दुवैलाई एकै साथ हेर्न ठूलो र तिब्र इच्छा छ ।

काजोल फेरी  शाहरुखसँग देखिँदै छन्  यस पटक पनि उनले बलिउडको लागि अर्को हिट फिल्म दिने छिन् भन्ने अनुमान सबैले लगाएका छन् ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live