Radio Audio Program

Find us on Facebook

Updates

​माया प्रेममा परेकाले ख्याल गर्नुपर्ने दश कुरा

साउन, काठमाण्डौँ 
माया प्रेमको कुनै सिमा हुँदैन । कुनै निश्चित समयमा गर्नुपर्छ भन्ने बाध्यता हुँदैन । न त योग्यता, विज्ञताको आवश्यकता नै पर्छ । जो कोहि माया गर्न स्वतन्त्र छ । परिभाषा मान्छेपीच्छे फरक हुन्छ तर मायाको अनुभव धेरैको एकै हुन सक्छ । माया प्रेमको प्रेमील संसारमा हिँड्दै गर्दा कहिले काही सानो कुराले पनि सम्बन्धमा दरार उत्पन्न हुनसक्छ । सम्बन्धलाई सुमधुर बनाउनका लागि ख्याल गर्नुहोस यी दश कुराहरु ।
१. प्रेम गर्नुहोस तर कसैलाई थाहा नहोस । किनकी सबैलाई थाहा दिँदा नयाँ साथीलाई अप्ठेरो महसुस हुनसक्छ ।
२. जब दुई जना मात्र हुनुहुन्छ भने बीचमा सकेसम्म कसैलाई आउन नदिनु होस्, साथीलाई यस्तो मन नपर्न सक्छ ।
३. हर समय साथीसँग टाँसिएर नबस्नुहोस् । चिनी पनि बढी खायो भने तितो हुन्छ । साथीको लागि पनि रमाईलो गर्न समय दिनुहोस् ।
४. बच्चाको नाम राख्न र साथीको आमा बुवासँग भेटघाट गर्ने हतार नगर्नुहोस् ।
५. साथीको असल साथीसँग सम्बन्ध जतिसक्दो बढाउनुहोस् । यसले धेरै सहयोग हुन सक्छ ।  
६. त्यी साथीहरुलाई नभुल्नुहोस् जो तपाइँको मायाप्रेमलाई फुलाउन हरबखत साथमा थिए ।
७. साथीसँग आप्mना कुरा बाँड्ने गर्नुहोस् । कुनै कुरा अरुबाट सुने भने अप्ठेरो पर्न सक्छ ।
८. साना तिना कुराहरुलाई धेरै वास्ता नगर्नुहोस् । किनकी याद गर्नुहोस समय माया प्रेमको हो, लडाई झगडा को होइन ।
९.किस लिने दिने दुई जना बीचको कुरा हो यसलाई सीमितै राख्नुहोस् । अन्य साथीलाई बताएर आफु हलुका हनु राम्रो होईन ।
१०.नयाँ साथीबाट धेरै कुराको आशा नराख्नुहोस् । तर मनको कुरा खुलेर बताउनुहोस् । 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live