Radio Audio Program

Find us on Facebook

Updates

परेवाको परिवार नियोजन, अचम्म नपर्नुस साच्चीकै हो ।

असार,काठमाडौ 
व्यवस्थित घर परिवारका लागि परिवार नियोजनको अस्थायी साधनको बारेमा त कुरा सुनेकै हो । तर कुरा यति मात्र पढेको हैन, नेपालका केहि ठाउँका किसानले त ह्वात्तै पैसा कमाउनको लागि काक्रो, लौका, खरबुजा, बगुंरलाई महिलाले परिवार नियोजनका लागि प्रयोग गर्ने ३ महिने सुई हान्ने गरेको खबर पनि हामीले पढेको हो ।

 

यो देश भित्रको खबरले बेला बेलामा तपाँई हामीलाई हसाउँने मात्र हैन अचम्म पनि बनाउँछ । र यस्तै समाचारले चर्चा पनि पाउथ्यो तर अचम्मको खबर हाम्रो देशमा मात्रै हुँदैन , त्यस्तै अचम्म बनाउने अर्को खबर यहाँ छ । स्पेनको एउटा प्रसिद्ध शहर बाडिया डेल वैलेस सरकारले परेवाको बढ्दो आवादीलाई रोक्नका लागि गर्भ निरोधक गोलिको दाना ख्वाउने योजना बनाई रहेका छन् । 


परेवाको लागि विशेष प्रकारको गर्भनिरोधक दाना छर्नको लागि स्वचालित डिस्पेन्सर प्रयोग गरिने छ र प्रत्येक दिन विहान दानालाई परेवा भएको ठाउँमा छरिने छ । पहिला डिस्पेन्सरलाई सिभिल गार्ड मुख्यालयको आसपासमा र त्यसपछि स्कुलको छतमा पनि राखिने छ ।

त्यहाँको स्थानीय पत्रिकाको अनुसार परेवाको प्रजननको लागि अनुकुल मौसम जुलाई देखि दिसेम्बर को बिचमा यो दाना तिनीहरुलाइ दिइनेछ । 

Post Comment

Radio Audio Live