Radio Audio Program

Find us on Facebook

Updates

रोमान्स भनेकै मन परेका सँग गर्ने हो

जेठ ३२,काठमाडौं । अभिनेता रोबर्ट पेटिन्सनसँगको लामो रोमान्सलाई केही समयअघि टुंग्याएकी हलिउडकी अभिनेत्री क्रिस्टिन स्टीवार्ट अहिले स्वकीय सचिवसँग रोमान्स गर्न थालेकी छन् । सञ्चार माध्यमका अनुसार उनी हाल स्वकीय सचिव अलिसिया कार्गिलीसँग डेटिङ गरिरहेकी छन् । अलिसिया पनि युवक नभई युवती नै हुन् ।

अभिनेत्रीकी आमा जुलेस स्टीवार्टका अनुसार २९ वर्षे पेटिन्सनसँगको ब्रेकअप पछि २५ वर्षीया अभिनेत्री स्वकीय सचिव अलिसियासँग आजकल रमाइलोसँग दिन बिताउन थालेकीछन् ।

‘उनी खुशी छिन्, उनी मेरी छोरी हुन्, म उनको आमा मात्र हुँ, त्यसकारण म उनको रोजाइलाई स्वीकार्छु भन्ने उनलाई थाहा छु, मैले क्रिस्टेनको नयाँ केटीसाथी भेटेको छु, मैले पनि उनलाई मनपराएको छु, उनी प्यारी र राम्री केटी छिन् त्यसकारण पनि यो कुरालाई किन नस्वीकार्ने ?’ 

हलिउडमा स्क्रिप्ट सुपरभाइजर समेत रहेकी जुलिसले भनिन्, ‘मानिसहरू कोसँग प्रेम गर्छन् भन्ने कुरामा स्वतन्त्र हुनुपर्छ, मेरी छोरीले महिला या पुरुष जोसँग प्रेम गरे पनि म त्यसलाई स्वीकार्छु ।’ (एजेन्सी)

Post Comment

Radio Audio Live