Radio Audio Program

Find us on Facebook

Updates

हातले होइन हात्तीले गरिदिन्छ मसाज

असार २, काठमाडौं ।सामान्यतः मसाज भन्नासाथ हामी कोमल हातले शरीरका मांसपेशीमा कोमलतापूर्वक गरिने मर्दनलाई बुझ्ने गर्छौँ । तर, थाइल्यान्डामा यामानको हात्तीबाट मसाज गराइन्छ भनेको सुन्दा आश्चर्य लाग्छ तर कुरा सत्य हो ।

थाइल्यान्डमा तीन हजार किलोको हात्तीले मसाज गरिदिने गरेको छ । हात्तीले मसाज गराउन आएका मानिसको शरीरमाथि आफ्नो खुट्टा राख्ने गर्छ र मिच्ने गर्छ । यसबाट मानिसले मसाजको आनन्द लिने गर्छन् ।

हात्तीले ढाडलगायत ठाउँमा मात्र नभई पुरुष तथा महिलाको संवेदनशील अंगमा खुट्टा राखेरसमेत मसाज गरिदिने गरेको छ । यसो गर्दा शरीरको वजन मसाज गराउने मानिसमाथि नपरोस् भन्नेमा हात्ती पर्याप्त सचेत भएको देखिन्छ ।

यसरी मसाज गर्दा हात्तीले सन्तुलन मिलाएर आफ्नो खुट्टा मसाज गराउन आएका मानिसको शरीरमाथि राख्ने गर्छ । हात्तीको सन्तुलनमा अलिकति मात्र पनि तलमाथि भयो भने मानिसको ज्यानै जान सक्छ । थाइल्यान्डको चांग मई क्षेत्रमा हात्तीबाट मसाज गराउने यस्तो सुविधा उपलब्ध छ ।

यस्तो सेवा लिन टाढा–टाढाबाट मानिस आउने गरेका छन् । छेउमा बसेका सहयोगीको निर्देशनमा हात्तीले मसाज गरिदिने गरेको छ । नयाँपत्रिका दैनिक

Post Comment

Radio Audio Live