Radio Audio Program

Find us on Facebook

Updates

लोकराज अधिकारीको सुन्नै पर्ने एकता जगाउने अर्को गीत ।

असोज १३, काठमाण्डौँ । आधुनिक गीत लेखेर लोकप्रीय बनेका गीतकार हुन्, लोकराज अधिकारी । श्रोतको मनमा बस्न सफल तिमीले पराई ठानेपछि, मर्छु बरु छट्पटीमा, यो जुनीमालगायत दर्जनौँ गीतका गीतकार पछिल्लो समय सामाजिक सद्भाव र एकताको गीत लेख्न थालेका छन् । केहि समय अघि उनले नाक चुच्चो र थेप्चो भएर के भो ? भन्ने गीत लेखेका थिए ।

जुन गीत म्युजिक खबर अवार्डको नोमिनेशनमा समेत परेको थियो । दाङमा जन्मीएका गीतकार अधिकारी राजधानी बसेर रेडियो पत्रकारिता गरेको करिब एक दशक भइसकेको छ । देशको समसामयिक स्थितिप्रति केन्द्रित रहेर उनले फेरी अर्को एकताको सन्देश दिने गीत लेखेका छन् । जुन गीतमा मनोज राजको स्वर र सन्तोष श्रेष्ठको संगीत रहने छ । गीतका शब्दहरु यस्ता छन् । 
 

विगतका तीतापीरा कुरा बिर्सिएर
द्धन्दका घाउहरु पुरा बिर्सिएर
हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल
बन्छ पक्कै हामी मिले समृद्ध नेपाल
सबै नेपाली जनको जय जय होस्
सबै नेपाली मनको जय जय होस् 
नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न
भाई फुटे गँवार लुटे हुन दिनु हुन्न
सय थुकी सागर बन्छ सुक्छ एकले थुक्दा
करोडौलाई दुख्नु पर्छ नेपाललाई दुख्दा
सबै नेपाली जनको जय जय होस्
सबै नेपाली मनको जय जय होस्
छिमेकीले बारी खन्दा लालपुर्जा माग्नुपर्छ 
साँध सार्दा बाँध बाँध्दा न्याय खोज्दै,जाग्नुपर्छ
नेपाल हाम्रो मुटु हो धड्कन हाम्रो माटो
रुक्छ धड्कन फुट्छ फुटछ मुटु भयो भने फाटो
सबै नेपाली जनको जय जय होस्
सबै नेपाली मनको जय जय होस्

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live