Radio Audio Program

Find us on Facebook

Updates

शाहरुखलाई छोराको बारेमा कुरा नगर्न गौरीले दिईन् चेतावनी ।

कार्तीक १५, काठमाण्डौ
अभिनेता शाहरुख खानकी पत्नी गौरीले आफ्नो छोरा अब्राहमको बारेमा मिडियामा धेरै कुरा नगर्न चेतावनी दिएकी छिन् । शाहरुखले अब्राहमको बारेमा सोसल मिडियाहरुमा कहिले तस्वीर त कहिले अब्राहमको बानिको कुराहरु सेयर गरेकाले उनले यस्तो चेतावनी दिएका हुन् ।

हालै मात्र सिनेमा दिलवालेको सुटिङका क्रममा अभिनेता वरुन धवन अब्राहमसँग निकै खेले । वरुणलाई अब्राहमसँग बिताएका पलहरु निकै रमाईला लागेको थियो ।

जुन कुरा वरुन आफैले सेयर गरेका छन् । उनले उक्त पललाई सम्झदै अब्राहमका बारेमा भने" उ मलाई निकै मन पर्छ । उसको बारेमा म धेरै कुरा गर्दिन किनकी गौरी म्यामले शाहरुख सरलाई अब्राहमको बारेमा धेरै कुरा नगर्नको लागी अनुरोध गर्नु भएको छ ।"

वरुनले यो कुरा अन्र्तराष्ट्रीय फिल्म महोत्सवका क्रममा बताएका हुन् । यस बर्षको दिवालीमा यस सिनेमाको टे«लर रिलिज हुदैछ । सिनेमा दिलवालेमा शाहरुख खान वरुनका पिताको रोलमा छन् ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live