Radio Audio Program

Find us on Facebook

Updates

निन्द्रामा लुकेको हुन्छ सफलताको राज

सबै मानीसको लागि दिनमा २४ घण्टा हुन्छ । यो २४ घण्टालाई मानीसले आ आफ्नै तरिकाले बिताउने गर्छन् । यीनै २४ घण्टामा कतिपयले १२ घण्टा सुताएरै बिताउँछन् त कोहि केहि घण्टा मात्र निदाउछन् । धेरै निदाउनु राम्रो कुरा त होईन फेरी कम सुत्नु पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर, कम सुत्ने मानीसहरु बढी सफल हुने गरेको देखिन्छ ।

शाहरुख खान
अभिनेता शाहरुख खान जहिले पनि निन्द्रको कुरा गर्यो केहि न केहि बाहाना बनाउँछन् । उनी भन्छन्, मेरो लागि ३, ४ घण्टाको निन्द्रा नै काफि छ । उनी दिनमा ३ देखि ४ घण्टा मात्रै निदाउने गर्छन् ।

महात्मा गान्धी
महात्मा गान्धी रातको एघार बजे विस्तरामा जान्थे र धेरै समयसम्म केहि न केहि पढिरहन्थे । उनी ३ देखि ४ बजेकोबीचमा उठ्थे । बिहानको आधा घण्टा उनको प्राथनामा नै बित्ने गथ्र्यो । उनले भनेका थिए, जब म सुत्न जान्छु मेरो मृत्यु हुन्छ । तर बिहान म जब उठ्छु मेरो पुर्नजन्म हुन्छ ।
अकबर
अकबर आफु पनि जाग्थे र साथमा रहेका कवि÷सगिंतकार अनि बिद्यार्थीहरुलाई पनि जगाउँथे । अकबरले भनेका थिए, उनी समयलाई निकै ध्यानमा राखेर काम गर्छन् । उनी निकै कम सुत्थे र सुतेको समयमा पनि उनी जागे जस्तै हुन्थे ।  
सम्राट अशोक
सम्राट अशोक सुत्ने बेलामा नुहाउँथे । त्यसपछि संगितको धुनसँगै निदाउँथे । बिहान उनी उठ्ने बित्तीकै उनी राजकाजका बारेमा बिचार विमर्स गर्ने गर्थे । जासुसलाई काममा पठाउँथे । बेलुका सुर्यास्त हुनुभन्दा पहिले उनी पुरोहितहरुसँग मिल्ने गर्थे । उनी एक दिनमा २ घण्टा मात्र सुत्थे ।


ईन्दीरा गान्धी
ईन्दीरा गान्धी एक चर्चित नाम हो । ईन्दीराले भनेकी थिईन थकाई लाग्नु मानसीक अवस्था हो । जसले शरीरलाई कुनै असर गर्दैन । उनी सधै ४ घण्टा मात्र सुत्ने गर्थिन् । तर उनी सधै फ्रेस देखिन्थीन् ।


तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live