Radio Audio Program

Find us on Facebook

Updates

अधिक मायाले पनि बर्बाद हुन सक्छ तपाईको सम्बन्ध

घरमा ठूला बडा र विद्वान् एउटै छानामुनी बसेका हुन्छन् । तिनीहरूले भन्ने गरेका पनि हुन्छन् अति गर्नु अत्याचार नगर्नु । अर्को भनाई त अति भएपछि खति हुन्छ । प्रेम सम्बन्ध पनि यो कुरा सतप्रतिशत लागु हुन्छ ।  जब मानिस प्रेम फस्छ यो बाहेक संसारमा अरु केही छैन भन्छ ।  प्रेम नै सबथोक हो । तर यो पनि एक दिन सावित हुन्छ प्रेम केहि पनि रहेनछ । यो त जीवन समाप्त गर्ने मन्द विष रहेछ । प्रेम पनि अडकलेर गर्नु पर्ने रहेछ ।

यस प्रक्रियामा अक्सर हामी आप्mना साथीको भावनालाई नबुझिकनै या बुझेर पनि नबुझेझैं गरिदिन्छौं । जस्ले गर्दा उसको मनमा चोट पुगेको हुन्छ । प्रेम राम्रो चीज हो तर हरेक व्यक्तिले याद गर्नु पर्छ कि आफुले कुनै काम गर्दा अरुलाई त्यसले कुनै असर पुगेको छ या छैन त्यो ख्याल गर्नु पर्छ ।

कयौं पटक यस्तो पनि भएको छ कि हामीले गरेको मायाले प्रेमले हाम्रो साथीलाई अप्ठेरो परि रहेको हुन्छ । तर हामी यसबारे अन्जान नै रहन्छौं । यस्तोमा जान्नु बहुत जरुरी यो छ कि अति माया गर्नु पनि सम्बन्धलाई बिगार्नु जत्तिकै हुन्छ । अर्थात् नकरात्मक प्रभाव परी रहेको पनि हुन्छ । यस्तो समस्या मर्कामा पर्नेले पनि खुलेर व्यक्त गर्न सक्दैन ।

१. अधिक प्रेम गर्ने कयौं पटक यो भरोसा राख्छन् कि मेरो साथी हर समय मेरो आँखाको समन्ने रहि रहोस् ।  यो कुरा तपाईंको साथीलाई बन्धन जस्तो लाग्न पनि सक्छ । यो कुरालाई  लिएर तपाईं सँग सिकायत गर्न पनि सक्छ ।
२. हर समय साथीका साथ रहनाले तपाईंको साथीलाई दिक्क लाग्न सक्छ । किनकी हरेक सम्बन्धमा अलिकति खाली ठाउँ राखेकै हुनु पर्छ ।  बहुत नजिक हुनाले पनि नाता र सम्बन्ध दिगो र बलियो नरहन नहुन सक्छ । द्वन्द्वमा परिणत हुन पनि सक्छ ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live