Radio Audio Program

Find us on Facebook

Updates

फिल्म कहानी भन्दा कम छैन शाहरुखको प्रेम कथा ।

कार्तिक १३, काठमाण्डौ
अभिनेता शाहरुख खानको रियल लाईफमा विवाह भएको २४ बर्ष पुगेको छ । रिल लाईफमा उनले सयौँ हिरोइनसँग विवाह गर्न भ्याईसकेका छन् । सिनेमाको पर्दामा देखिएका अनेक प्रेम कथाको पात्रमा पनि उनलाई दर्शकले रुचाएकै छन् । पर्दामा मात्र होईन शाहरुखको वास्तवीक जीवनको प्रेम प्रसंग पनि कुनै फिल्मी काहानी भन्दा कम छैन । सन् १९९१ मा शाहरुख पत्नी गौरीसँग वैवाहिक सम्बन्धमा गाँसीएका हुन् । फरक धर्म र संस्कृतिका उनीहरुले प्रेमलाई विवाहको रुप दिन सफल भए । जुन कुरा त्यो समयमा सिनेमाको पर्दामा मात्र सजीलै सम्भव थियो ।  यो जोडी अहिले बलिउडको एक उदाहरणीय जोडीको रुपमा छ । शाहरुख र गौरीका दुई छोरा र एक छोरी छन् ।

गौरीलाई शाहरुखले स्कुलको पार्टीका केटासाथीसँग डान्स गर्दै गरेको देखेका थिए । त्यतिबेला देखि नै शाहरुखले गौरीलाई मन पराएका थिए । त्यस समयमा शाहरुख १९ बर्षका थिए भने गौरी मात्र १४ बर्षकी थिईन् । त्यसपछि शाहरुखले गौरीसँग कुरा गरेका थिए । पहिले त गौरीले उनीसँग कुरा गर्न पनि मानेकी थिईनन् । तर पनि प्रेम न हो शाहरुखको प्रेमका अगाडी उनको मन पग्लीहाल्यो  र शाहरुखको प्रेम सार्थक भयो ।


गौरी शाहरुखलाई माया त गर्थिन् । तर शाहरुखको एक बानीले उनलाई निकै नै तनाव भएको थियो । शाहरुख गौरीलाई मेरी हो । यसलाई कसैले पनि देख्नुहुन्न, बोल्नुहुन्न, कसैसँग हिँड्नुहुन्न भन्ने सोच राख्थे । उनको सुन्दरताप्रति आशक्त त थिए नै यसको साथमा मन परेको मान्छे टाढीने पो हो की भन्ने चिन्ताले शाहरुखमा यस्तो सोच पलाएको थियो । उनलाई गौरीले कपाल छाडेर हिँडेपछि पनि रिस उठ्थ्यो ।  किनकी उनी राम्री देखिन्थीन् । अनि अरुको आँखा लाग्ने हो की भन्ने डर शाहरुखलाई लाग्थ्यो । यहि कारण गौरीले शाहरुललाई थाहै नदिईकन दिल्लीबाट मुम्बई आईन् । तर, शाहरुखले उनलाई त्यहाँ पनि खोज तलास गरिहाले । शाहरुखलाई गौरी मुम्बईमा कहाँ बस्छीन् भन्नेसम्म पनि थाहा थिएन । तर एक एक गल्ली डुलेर उनले गौरीलाई फेला पारे । त्यतिबेला शाहरुखलाई देखेर गौरी रोएकी थिईन् ।


शाहरुख र गौरीको भिन्दाभिन्दै धर्म भएपनि आफ्नो प्रेमलाई विवाहमा परिणत गर्नका लागि तयार थिए । तर, शाहरुखका परिवारका सदस्य  भने यस कुरामा सहमत थिएनन् । तर पनि शाहरुखले आफ्नो परिवारका सदस्यको मञ्जुरी लिए । सबैलाई मनाए र गौरीलाई आफ्नो बनाए । त्यसैले, शाहरुखकै प्रेम कहानी पनि हिट चलचित्र कथावस्तु हुनेमा दुईमत छैन ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live