Radio Audio Program

Find us on Facebook

Updates

फोटो राम्रो बनाउन अपनाउनुहोस् यी तरिका ।

आजकल मोवाइलबाट फोटो क्लिक गर्ने सोख बढ्दै गईरहेको छ । तपाईले पनि कयौंपटक साथीको माबाइलमा उनका आकर्षक र रमाइला फोटोहरु देख्नु भएको हुन सक्छ । त्यो देखेर तपाईले पनि सोच्न भएको हुन सक्छ यति राम्रो फोटाहरु कसरी आउँछ ।

तपाई आफ्ना फोटाहरुलाई कसरी राम्रो बनाउन सक्नु हुन्छ । यसको लागि तपाईंलाई अरु केही आवश्यक पर्दैन खाली एप्स डाउनलोड गरे पुग्छ । बिना मिहेनत तपाईका फोटोहरुलाई सुन्दर बनाउने एप्स यस्ता छन् ।

क्यामेरा ३६० अल्टिमेट
एण्ड्रोइडको लागि यो क्यामरा चर्चित क्यामरा हो । यसमा सेल्फी क्यामरा, इफेक्ट क्यामरा, पोष्टर क्यामरा, फनी क्यामरा, अडियो क्यामरा जस्ता क्यामराको सुविधा छ । साथसाथै यसमा प्रोफेशनल फोटो एडिटिङ टूल्स पनि छ । यसमा तपाई सजिलैसँग फोटोलाई सोसल नेट वर्किङमा शेयर गर्न सक्नु हुन्छ । हालै यसलाई अझै परिमार्जन पनि गरिएको छ ।

 

क्यामेरा एमएक्स
यो सबैभन्दा राम्रो एप्स हो । यसले तपाईको फोटोलाई फुलक्वालिटि दिन्छ ।  यो एप्सबाट तपाई अगाडी वा पछाडी, सेल्फ टाइमर लागाएर सेल्फी पनि लिन सक्नु हुन्छ । साथै २० भन्दा ज्यादा लाईभ फोटो, इफेक्ट भिडियो खिच्दै फोटो पनि क्लिक गर्न सक्नु हुन्छ । क्यामरा एमएक्स एप्स यस्तो सुविधायुक्त क्यामरा हो यसले बनाएको फोटोहरु राम्रा र आकर्षक हुन्छन् ।

 

क्यामरा (फोटो एडिएटर एण्ड क्यामेरा)
यस एप्सलाई सय मिलियन मानिसले डाउनलोड गरि सकेका छन् । आकर्षक, धेरै तस्वीरहरुलाई एकैठाउँमा गर्न सकिने सुविधा, फिल्टर र राम्रा तस्बिरहरुलाई आकर्षक बनाएर राख्न सकिने, राम्रो लेन्स, बक्तिको सुविधा, टाइमरको सुविधा, सजिलैसँग फोटो शेयर गर्न सकिने आदि सुविधाले युक्त छ । यो भर्खरै केही समय पहिले बजारमा आएको हो ।

 

जिफ क्यामरा
जिफ क्यामरा एप एण्ड्रोइड मोवाइल देखि एनिमेटेड जिफ इमेज बनाउनको लागि बहुत सजिलो तरिका हो । यसबाट तपाईले फनी मुमेन्टलाई पनि सजिलैसँग क्यामरामा कैद गरेर अरु राम्रो बनाउन सक्नुहुन्छ । साथै यसलाई सामाजिक सञ्जालमा पनि शेयर गर्न सक्नुहुन्छ ।

 

गुगल क्यामरा
गुगलले आफ्नो एक क्यामरा एप्स बजारमा ल्याएको छ । यो धेरै सुविधायुक्त क्यामरा एप्स हो । यसमा लेन्स ब्लरका अप्सन पनि छ, जसको कारण तपाई  
आफ्नो विषयमा राम्रो तरिकाले दृष्टि पु¥याउन सक्नुहुन्छ । यसमा फोटो शेयर ३६० डिग्री पनोरमा जस्ता आकर्षक तस्विर उपलब्ध छ ।

 

एचडी क्यामरा
यस एपमा व्हाइट ब्यालेन्स, फोकस, जुम मोड समेत कयौं आकर्षक सुविधा छन् । साथमा यसमा सटर साउण्डलाई पनि डिसेबल गर्न सकिन्छ । तर सबै डिभाईसमा यस फिचरले सपोर्ट गर्न भने सकिँदैन । यसको अलावा यो फोटोको डिजाईनमा पनि ज्यादै फोकस गरि रहेको हुन्छ ।  

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live